सामसुङले ल्यायो ग्यालेक्सी S8 र S8 प्लस

सामसुङका दुई स्मार्टफोन ग्यालेक्सी एस एट र एस एट प्लस लञ्च भएको छ। एस एटमा ५. ८ इन्चको तथा एस एट प्लसमा ६. २ इन्चके ‘इनिफिनिटी डिस्प्ले’ रहेको छ। दुवै स्मार्टफोनमा गोरिल्ला ग्लासको प्रयोग गरिएको छ।
२९६० क्रस १४४० पिक्सल रिज्योल्युसन रहेको दुवै फोनमा ४ जिबी र्याम रहेको छ। २५६ जिबीसम्मको माइक्रो एसडी कार्ड प्रयोग गरी क्षमता बढाउन सकिन्छ। एन्ड्रोइड ७ नौगट अपरेटिङ सिस्टमको दुवै स्मार्टफोनमा १२ मेगापिक्सलको रियर क्यामेरा छ। त्यस्तै फ्रन्ट क्यामेरा ८ मेगापिक्सलमा रहेको छ।
पानी र धूलो छिर्न नसक्नेगरी तयार गरिएको यी स्मार्टफोनको ब्याट्री ३५ सय एमएएच तथा ३ हजार एमएएच पावरका छन्। ब्ल्याक, सिल्भर, ग्रे र कोरल ब्ल्यु र गोल्डेन कलरमा फोनहरु आएका छन्।
यी फोन नेपालमा आउन भने अझै केही दिन लाग्नेछ। कम्पनीले ग्यालेक्सी एस एटको खुद्रा मूल्य ७२० डलर तथा एस एट प्लसको ८४० डलर तोकेको छ।

एजेन्सी