एनआरएनमा थपियो ‘सेसेल्स’ नयाँ एनसिसी

लन्डन । एनआरएनमा सेसेल्स देशमा नयाँ शाखा विस्तार भएको छ । अफ़्रिकी मुलुक सेसेल्समा गत हप्ता सम्पन्न नेपालीहरुको एक भेलाले राम प्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको थियो । एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीका अनुसार सो समितिले मान्यता पाएको छ । अब एनआरएनको ७९ औ शाखा पुगेको छ ।