राजनीतिक योध्दा बलराम समाललाई बेलायतबाट सहयोग अभियान

overseas uk
कुमार के.सी.
लण्डन ।
प्रबासी नेपाली मंच बेलायतको छैठौं पूर्ण बैठक ९ जनवरीका दिन लण्डनको ह्यारोमा सम्पन्न भएको छ ।
अधक्ष्य राम शरण सिम्खडाको अध्यक्ष्यतामा सम्पन्न उक्त बैठकले मंचसंग सम्बन्धित विभिन्न समसामयिक निर्णयहरु, सदस्यता नबिकरण तथा बिस्तार, इलाका अधिबेशनहरु सम्पन गर्ने, बिगतका विभिन्न निर्णय तथा हालसम्म सम्पन्न बिभिन्न कार्यक्रमहरुको समिक्षा गर्दै यसवर्षको आगामी कार्यक्रमहरु तय गरेको छ  ।
बैठकले नेपालमा पंचायती शासनकालको उत्तरार्धमा अनेरास्वबियुको राजनीतिमा निकै चर्चाको शिखरमा रहेका नेपाल ल क्याम्पस स्ववियुका पूर्व सभापति, प्रखरबक्ता तथा अध्ययनशील कर्मठ युवा जसलाई पंचायती शासकले निर्मम यातना दिए पछी मानसिक रुपमा अपांग भएर आफ्नै घरमा अत्यन्तै कष्टकर जीबनयापन गरिरहेका राजनीतिक योध्दा बलराम समालको स्वास्थ्य उपचारको लागी प्रबासी नेपाली मंच बेलायतको अगुवाइमा आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको छ भने कमिटिका सदस्य मिलन घिमिरेलाइ यस अभियानको संयोजक नियुक्त गरेको छ ।
त्यसै गरी बैठकले मंचको कामलाई ब्यबस्थित गर्न पाँच सदस्यीय सचिबालय गठन गरेको छ जसमा अध्यक्ष्य राम शरण सिम्खडा, उपाध्यक्ष रबिन्द्र कंडेल, महासचिब तुंगभद्र भुसाल तथा होम निरौला र सरस्वती केसी सदस्य रहनु भएको छ  ।
आगामी ६ महिनाभित्रमा मंचको सदस्यता नबिकरण तथा बिस्तार गर्ने र सम्पूर्ण इलाका अधिबेशनहरु सम्पन्न गरी मंचलाई ब्यबस्थित रुपमा अगाडी बढाउने अर्को महत्वपूर्ण निर्णय गरेको छ  ।
बैठकले मंचको बिगतको दश बर्षको इतिहास तथा मंचको बिबिध गतिविधिलाई ब्यबस्थित रुपमा स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।आगामी मार्च महिनामा अन्तरास्ट्रिय श्रमिक महिला दिवस मनाउनको लागी सरस्वती केसीलाइ संयोजक तोकेको छ ।