पश्चिम लन्डनको एक टावरमा आगलागी, मानिसहरु घरभित्रै फसेको अनुमान [VEDIO LIVE]

  • शिव भण्डारी

लन्डन– पश्चिम लन्डनको एक टावरमा बुधबार स्थानीय समय अनुसार राति १ बजेर १६ मिनेट जाँदा आगलागी शुरु भएको थियो। २४ तले उक्त भवनभित्र केही मानिसहरु फसेको अनुमान गरिएको छ ।

बेलायती सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार  वेस्ट लण्डनको ल्याटिमेर रोडस्थित टावर ब्लकमा भीषण आगलागी शुरु भएको थियो। दुई सय अग्नि नियन्त्रकले आगो नियन्त्रणको कोसिस गरे पनि सम्भव भएको छैन । आगो नियन्त्रणमा ४० वटा दमकल प्रयोग गरिएको छ ।

आगो पूरै २४ तलामा फैलिएको छ ।

मेट्रोपोलिटन पुलिसले भवनभित्र फसेका मानिसलाई सुरक्षित निकाल्ने र उपचारको व्यवस्था गर्ने काम भइरहेको जनाएको छ।

लन्डन मेयर सादिक़ ख़ानले ग्रेनफ़ेल टावरमा भएको आगलागीलाई भयानक दुर्घटना भनेका छन् ।

बीबीसीका एकजना संवाददाता एन्डी मूरले पूरै भवनमा भएको आगलागीले कुनै पनि बेला भवन ढल्न सक्ने त्रास रहेको बताए।

प्रत्यक्षदर्शीले भवनको सबैभन्दा माथिल्लो तलामा बिजुलीजस्तो चमक देखिएलगत्रै आगलागी सुरु भएको बताएका छन् ।

भवन वरपरको क्षेत्र प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने त्यस आसपास भएर चल्ने सवारीलाई पूर्णतया रोक लगाइएको छ ।

यसै बीच नेपाली दूतवास लन्डनका प्रवक्ता शरदराज आरन ले यस दुखद घटनामा बेलायत बासी नेपाली सबै शुरक्षीत रहेको जानकारी दिनु भयो ।