लन्डन । किराँत राई यायोक्खा वेलायतले किरात राईहरुको महान पर्व उभौली साकेला भब्य रुपले मनाउने व्यापक तयारी गरेका छन् ।
आउँदो २८ मेमा बेलायतका किरात राईहरुले बेलायतको वकिङस्थित ग्याम्वल्सलेन किरात हाउसमा मनाउने भएका हुन्।

यसैबीच किराँत समुदायको भाषा संस्कार तथा संस्कृतिहरुको उत्सवको रुपमा मनाइने यस दिनमा साकेला उभौली मनाउन प्रमुख अतिथि तथा बिशेस अतिथिको रुपमा सहभागी हुन् किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राई तथा सचिब हेमन्त कुमार राई बेलायत आइपुगेका छन् ।

यसैबीच बिमानस्थलमा लाइभ भिडियो मार्फत किरात राई यायोक्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राई तथा सचिब हेमन्त कुमार राईले आगामी मे २८ का दिन किरात राई हाउस ग्याम्बल्स लेन, वकिङमा हुने कार्यक्रममा बेलायत स्थित सम्पूर्णजन उपस्थित भएर साकेला उभौली पर्ब धुमधामका साथ संगै मनाउन सबैमा अपिल गरेका छन् ।

बिमानस्थलमा किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई,उपाध्यक्षहरु राजकुमार राई, प्रेमकुमार राई, आशा राई, शान्तकला राई, के.आर. वाई यूकेका बोर्ड अफ डिरेक्टर डा. प्रमोद कोयी, साकेला व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भूपजीत राईलगायतले भव्य स्वागत गरिएको छ ।
बेलायतमा यसपटक साकेला उभौली पर्ब धुमधामका साथ मनाइने तयारी भएको किरात राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले लन्डन नेपाल न्युजलाई बताए ।

साकेला उभौली मनाउनका लागि किरात राई यायोक्खा बेलायतले तीव्र गतिमा तयारी गरिरहेको साकेला व्यवस्थापन समितिका संयोजक तथा उपाध्यक्ष मेजर भूपजीत राईले बताए ।
साकेला सम्पन्न गर्न आवश्यक पूर्वाधार लगायत अन्य तयारी भईरहेको पनि संयोजक तथा उपाध्यक्ष राईले बताए । साकेलामा किरात राईहरुको संस्कार झल्कने संस्कृति प्रदर्शनी समेत गरिने भएको छ ।
बेलायतमा किरात राईहरुले संस्कारलाई थप जिवन्त दिनका लागि साकेला धुमधामका साथ मनाउदै आएका छन् ।
( हेर्नुस भिडियो सहित )






