लन्डन– आगामी २५ मार्चमा बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सशक्त बनाउन भूपू गोर्खा जुटेका छन् । तयारीका लागि छलफलसहितका विभिन्न कार्यक्रमहरु आयोजना भएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति बेलायत, नेपालका कार्यवहाक संयोजक सूर्य नेम्बाङले जानकारी दिए ।
ब्रिटिश भेट्रानहरुले २५ मार्चका दिन बेलायती प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम राखेका छन् ।
कार्यक्रममा एनआरएनए यूकेसहित विभिन्न संघसंस्थालाई समेत ऐक्यवद्धता जनाउन आग्रह गरिएको नेम्वाङले बताए । बेलायती रक्षा मन्त्रालय ९एमओडी० भवन पछाडि बिहान १०।४५ बजे उपस्थित भई र्यालीसहितको कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘ब्रिटिस भेट्रान आफ्नो समकक्षी गोर्खाहरुको समानता, न्याय र सम्मानका लागि यस्तो अग्रसरता देखाइरहेको र जरुरी परे आफ्नो बलिदान गर्न समेत तयार रहेको अवस्थामा हामी गोर्खाहरु आफ्नै हक अधिकार प्राप्तिका लागि उपस्थित हुन र आवश्यक वलिदान गर्न स्पष्टरुपमा तयार हुने कि नहुने एउटा प्रत्यक्ष प्रश्नको रुपमा हाम्रो अगाडि तेर्सिएको छ,’ विज्ञप्तीमा भनिएको छ ।







![gurkha-demonstration-4[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/gurkha-demonstration-41-1024x768.jpg)