अफ्रिकामा एनआरएनको सक्रियता बढ्दो : नाइजेरियामा रक्तदान

लन्डन । अफिकामा रहेका एनआरएनका एनसिसीले आफनो सक्रियता बढाउँदै लगेका छन् । उनीहरुले विभिन्न अवसरमा विभिन्न कार्यक्रम गर्दै गतिविधीलाई तीब्रता दिन थालेका हुन।  केहि दिन अघि मात्र तीजको अवसरमा युगान्डा एनसिसीले कार्यक्रम सम्पन्न गरेको थियो । त्यस्तै, गैरआवासीय नेपाली संघ नाइजेरियाले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

एनआरएन नाइजेरिया र लेगोसमा रोटरी क्लब लेगोस र महारास्ट्र मण्डल नाइजेरियासङ्गको संयुक्त आयोजनामा भएको सो रक्तदान कार्यक्रममा ८३ जना सहभागि भएका छन ।

रक्तदान कार्यक्रममा संघका अध्यक्ष जनक बिष्ट, उपाध्यक्ष बिरेन्द्र गुप्ता, महासचिव रोशन थापा, कोषाध्यक्ष रोहित भाङ्गर, सचिव अभिषेक सिंह, प्रकाश अर्याल , आस्मा खडका ,भरत रिजाल, सुकमल सरकार ,चन्द्र घिमिरे, शंकर बर्मा, सागर सिंह, सन्दीप रावत, भिम थापा लगाएत ८३ जनाले रक्तदान गरेका थिए ।

गैरआवासीय नेपाली संघका अन्तरास्ट्रिय कोषाध्यक्ष हिक्मत थापाका अनुसार नाइजेरियामा संघले आयोजना गरेको यो प्रथम रक्दान कार्यक्रम हो । यस अघि मलाबी , युगान्डालगायत अन्य अफ़्रिकिन मुलुकमा एनआरएनएले रक्तदान कार्यक्रम आयोजना गरि सकेको छ ।