लण्डन हाफ-म्याराथनमा ‘भिजिट नेपाल’ भन्दै दैडिए १५ नेपाली (तस्बिरहरु हेरौं)

लण्डन । बेलायत स्थित नेपलिज ब्रिटिश कम्यूनिटी यूकेले दौडमार्फत भिजिट नेपाल २०२० प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ  ।

पर्यटन विकासको नयाँ कार्यक्रम भिजिट नेपाल २०२० लाई विश्वसामु ब्यापक बनाउन गत मार्च १७ तारिख आइतबार बेलायतको हेमटन कोर्ट प्यालेस हाफ म्याराथन (२१ किमी) दौड सम्पन्न भएको हो ।

नेपाली झन्डा र कम्यूनिटीको लोगो अंकित टि-सर्ट लगाएर १५ जना नेपाली धावकहरूले १ घण्टा ५३ मिनेटमा भिजिट नेपाल २०२० को मूल नारा राख्दै धावन पुरा गरेका थिए ।

कार्यक्रमलाई समर्थन र सहयोग गर्न वेलायत तथा विश्वभर प्रचार गर्ने उद्देश्यसाथ संस्थाका खेलकुद विभाग प्रमुख राजेन्द्र ओझाको नेतृत्वमा समिरनाथ प्याकुरेल,अन्जु सिग्देल , दामोदर आचार्य , मुकुन्द नेपाल ,राघव नेपाल,रफि श्रेष्ठ लेखनाथ घिमिरे,किरण अधिकारी, संजीव घिमिरे ,इन्दिरा भट्टराई , शेखर भट्टराई , भवानी घिमिरे , मनोज दाहाल , डेविड सुव्वा सहित पूरूष तथा महिला गरि १५ जना सहभागीहरूले भाग लिई दौड पुरा गरेका थिए । यसै गरि वसन्त नेपाल र कमल लिम्वुको खुट्टामा समस्या आएकोले विचवाटै छोड्नु परेको थियो । भिजिट नेपाल २०२० को व्यानर सहित पर्चा वितरण गरिएको सो कार्यक्रममा विदेशिहरूले चासो र आकर्षण को विषय वनेको थियो।

वेलायतमा नेपालीहरूको सामाजीक तथा च्यारीटी सस्था नेपलिज व्रिटिश कम्यूनिटी यू के( एनबीसी युके ) को संयोजन तथा सहयोगमा भाग लिई दौड पुरा गर्नु भएका नेपाली धावकहरूलाई नेपाली झन्डा र टि सर्ट प्रदान गर्दै प्रोत्साहन र हौसला प्रदान गर्न सस्थाका अध्यक्ष मिलन घिमिरे ,विशेष अतिथि तथा बेलायत स्थित नेपाली दूतावासका तृतीय सचिव तेजेन्द्र रेग्मी सहित सस्थाका सदस्यहरू र सहभागीहरूको परिवारको उल्लेख्य उपस्थिती थियो।

उत्साहपूर्ण सहभागिता रहेको उक्त प्रतियोगिताका केही तस्बिरहरु हेरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *