लण्डनमा दुवै खुट्टा गुमाएका सगरमाथा आरोहण गर्ने पहिलो कीर्तिमानी आरोही बुढामगरको भव्य स्वागत

लन्डन । अफगानिस्तानमा तालिबानसँगको लडाइँमा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिश गोर्खा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी लन्डन फर्केका छन् ।

उनको सुक्रबार बेलुका लन्डन हिथ्रो विमानस्थलमा भव्य स्वागत गरिएको छ ।बेलुका ८:३० बजे विमानस्थलमा अवतरण गरेका उनको मगर संघ युकेले स्वागत  सम्मान गरेको छ।विमानस्थलमा लन्डन नेपाल न्युजसँग कुरा गर्दै आरोही बुढामगरले सबैको साथ र सहयोगमा मात्रै सगरमाथा आरोहण गर्न सकेको भन्दै खशी व्यक्त गरे ।

विश्व कीर्तिमानी दुबै खुट्टा गुमाए पनि कृत्रिम खुट्टाको सहायताले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका बुढामगरलाई मगर संघ युके अध्यक्ष सिता पुन मगर तथा बरिष्ठ उपाध्यक्ष लाल पुन,महासचिव गुमानसिंह थापा,सांस्कृतिक सचिब सरु गुरुङ (तान्याङ्ग) युथहरु किशोर राना, अनिल थापा मगर, समिक्षा राना मगर, दिपक मैथाने मगर ,करिश्मा थापा मगर , रमेश थापा मगर,मेरिन पाइजा, अमित राम्जाली, बिक्की राना लगायत पुगेका थिए । साथै उनलाई मगर समुदाय सहित विभिन्न संघ संस्था, परिवार र इस्टमित्रले विमानस्थलमा स्वागत गरेका हुन्।

विमानस्थलमा लन्डन नेपाल न्युजसँग कुरा गर्दै मगर संघ यूके अध्यक्ष सिता पुन मगरले बुढामगरले विश्वलाई नै नयाँ सन्देश दिएको बताईन ।

रोल्पा थवाङका हरिबहादुर बुढा १९ वर्षको उमेरमा ब्रिटिस  सेनामा भर्ती भएका उनले सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा गुमाएका थिए ।

दुवै खुट्टा गुमाएका हरि बुढाले ‘उत्साह’ का साथ सगरमाथा चढेर सबैलाई सकारात्मक सन्देश दिएका छन्।’