
काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वकीय सचिव फेरेका छन् । उनले चूडामणि खड्कालाई हटाएर जोखबहादुर महरालाई स्वकीय सचिवमा नियुक्त गरेका छन् ।
महरा पार्टीका पोलिब्यूरो सदस्य हुन् । रोल्पाका महरा जनयुद्धमा प्रचण्ड निकट भएर काम गरेका नेता हुन् । पछिल्लो समय प्रचण्ड पुत्र प्रकाश र खड्काबीच मनमुटाव भएको अनुमान थियो ।
खड्काले जिल्लामा काम गर्न चाहेकोले जिल्ला राजनीतिमै सक्रिय रहने बताए ।






