लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएन ) यूके वेल्स राज्य समन्वय परिषदको आइतबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वेल्सको कार्डिफमा पहिलो अन्तरक्रिया कार्यक्रममा परिषदका अध्यक्ष रामचन्द्र पोखरेलको अध्यक्षतामा एबम एनआरएन यूकेका महासचिव आरके त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
अन्तरक्रिया कार्यक्रममा जीवनका उकाली ओरालीमा विभिन्न परिभेषले बिदेशमा आई बसोबास गर्दै आएका आफ्ना नेपाली दाजुभाई तथा दिदिबहिहरुका माझ उहाँहरुमा रहेका बिभिन्न कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह र सुझाब आदानप्रदान गर्ने मूल उदेश्यले आईतबार २ सेप्टेम्बर का दिन बिशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
अन्तरक्रिया बिसुद्द समसामयिक बिषयमा छलफल गरि आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुमा रहेका जिज्ञाशामा आधारित रहेर समसामयिक बिषयको बढि भन्दा बढि जानकारी आदान प्रदान गर्नेमा केन्द्रित थियो ।
कार्यक्रमका प्रमुख अतिथि एनआरएन यूके महासचिव आर के त्रिपाठीले उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै गैर आवासिय नेपाली संघ बेलायत साँच्चिकै सिंगो बेलायतभर फैलिन सफल भएको बताउदै केन्द्रले गरेका बिशेष कार्यहरुको समिक्षा एबम गैर आवासिय नेपाली संघ देशका विभिन्न राज्यहरुमा विस्तार गर्दै नेपालीको हितका लागि संगै हातेमालो गर्दै आगाडी बढ्न प्रतिबद्द रहेको जानकारी गराए।
गैर आवासिय नेपाली संघलाई अझ मजबुत बनाउनको लागि सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुको मायाँ र सहयोग आबस्यक पर्ने हुनाले गैर आवासिय नेपाली संघको सदस्य बन्दै आफुहरुलाई आबश्यक सल्लाह र सुझाब दिनुहुन अनुरोध गर्दै
हामी सबै मिलेर काम गर्न सकेमा समस्याको समाधानमा धेरै सहज हुने कुरामा जोड दिए । साथै नागरिकता निरन्तरताको अभियान सफल पार्न निरन्तर प्रयास रहने स्मरण गराए।
हामी सबै मिलेर काम गर्न सकेमा समस्याको समाधानमा धेरै सहज हुने कुरामा जोड दिए । साथै नागरिकता निरन्तरताको अभियान सफल पार्न निरन्तर प्रयास रहने स्मरण गराए।
गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स र वेल्स राज्यको कम्ब्रान सहरमा रहेको नेपाली सँस्था वेल्स गोर्खा कम्युनिटीको संयुक्त सहकार्यमा आयोजना गरिएको यस बिशेष अन्तरक्रिया कार्यक्रममा वेल्स गोर्खा कम्युनिटीका अध्यक्ष श्री सुबर्ण लिम्बुले यस्तो खालको कार्यक्रम आयोजना गरेकोमा राज्य समन्वय परिषद, वेल्सलाई धन्यवाद दिदै कार्यक्रम सफलताको शुभकामना दिएका थिए।
राज्य समन्वय परिषद, वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्व बारे प्रकाश पार्दै कार्यक्रममा उल्लासमय उपस्थिति जनाउनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै ढिलै भएपनि वेल्समा गैर आवासिय नेपाली संघ स्थापना हुनु गौरबको कुरा रहेको र प्रतेक नेपालीहरुको हितका लागि कार्यसमिति डटेर काम गर्न तयार रहेको बिस्वस्त पार्नुभयो ।
अध्यक्ष पोखरेलले आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुको पिर, मर्का र समस्या बुझ्न यस्ता खालका कार्यक्रमहरु आयोजना गर्दै राज्य समन्वय परिषद समक्ष आएका समस्याहरुको निराकरणको लागि सकेको पहल गर्ने प्रतिबद्दता ब्यक्त गर्दै कुनै समस्या भएमा बिना हिचकिचावट सम्पर्क गर्न अनुरोध गर्नुभयो ।
अन्तरक्रिया कार्यक्रमका बिशेष आकर्षण अधिबक्ता श्री गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिनुभयो। तेस्तै गरि उहाँले नेपालको बर्तमान कानुनी व्यबस्थाको सरल भाषामा ब्याख्या गर्दै तेसले गैर आवासिय नेपालीहरुमा पर्न सक्ने व्यवधानप्रति समिक्षा गर्नुभएको थियो । कार्यक्रममा उपस्थित प्रतेक महानुभाबहरु अधिबक्ता श्री बेलबासेले दिनु भएको जानकारी बढो रुची पुर्बक आ आफ्नो मस्तिस्कमा खिचिरहेका थिए भने कैयौं महानुभाबहरु विभिन्न प्रश्नहरुको उत्तरको पर्खाइमा रहेका देखिन्थे ।
अधिबक्ता श्री बेलबासेले नेपाली नागरिकता निरन्तरता आन्दोलनको बिषयमा प्रकाश पार्दै यस अभियानमा सबै गैर आवाशीय नेपालीले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न अति आबश्यक रहेको कुरा प्रस्ट पार्नुभयो।
वेल्स राज्यको कम्ब्रान स्तिथ ओक फिल्ड कम्युनिटी हलमा आयोजना गरिएको बिशेष अन्तरक्रिया कार्यक्रममा कम्ब्रान सहरमा रहेको नेपाली सँस्था वेल्स गोर्खा कम्युनिटीका सचिब श्री मन प्रसाद चेम्जोंगले संचालन गर्नु भएको यस कार्यक्रममा समाजका बिसिस्ट व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रम दिनको १४:१५ मा शुरु गरि करिब १७:०० बजे समापन गरिएको थियो | कार्यक्रमलाई भब्यताका साथ सफल पार्न सहयोग पुर्याउनु हुने राज्य समन्वय परिसद, वेल्सका कार्यसमितिका महानुभाबहरु श्री खिम क्षेत्री, श्री निर लाल मोक्तान, श्री प्रकाश कंडेल, श्री विभूषण श्रेष्ठ, श्रीमती सिता राई, श्री जीवन केसी, श्री बलराम अधिकारी, श्री दीपक सुब्बा, श्री रामेश्वर देवकोटा र सल्लाहकारहरु श्री बद्रि योंग्या, श्रीमती रत्ना राई र श्री मन प्रसाद चेम्जोंग र वेल्स गोर्खा कम्युनिटीका अध्यक्ष श्री सुबर्ण लिम्बु लगायत कार्यसमितिका सम्पूर्ण महानुभाबहरुमा गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।
बिशेष धन्यवाद
श्री आर के त्रिपाठी, महासचिब – गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषद
श्री गोबिन्द बेलबासेले, अधिबक्ता तथा सल्लाहकार गैर आवासिय नेपाली संघ बेलायत
कार्यक्रममा सहभागी भई आफ्ना मनमा भएका कौतुहलता सम्बन्धि अधिकतम जानकारी लिंदै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सम्पूर्ण वेल्स निवासी आदरणीय समाजसेवी अग्रजहरु, बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र सम्पूर्ण प्रिय दाजुभाई तथा दिदीबहिनीहरुमा गैर आवासिय नेपाली संघ बेलायत राज्य समन्वय परिषद, वेल्स हार्दिक धन्यवाद व्यक्त गर्दछ ।







