लन्डन । एशियन महिला एशोशिएशन (आमा) समुहले तीज विशेष कार्यक्रम गर्ने भएको छ ।नेपाली नारीहरुले मनाउने विशेष पर्व हरितालिका तीज नजिकै आइपुगेको अवसरमा बेलायतस्थित संस्था एशियन महिला एशोशिएशन (आमा) द्वारा तीज विशेष कार्यक्रम गर्ने भएको हो ।
एशियन महिला एशोशिएशन (आमा) समुहले हरेक बर्ष तिज कार्यक्रम गर्दै आएको छ यो वर्ष पनि बिगतमा जस्तै यसपटक आउदो सेप्टेम्बर ९ तारिख आइतबारका दिन हर्स -उल्लासका साथ तिज मनाउने तयारी गरिएको हो । सस्थाको यो १३ औ कार्यक्रम हो ।
एशियन महिला एशोशिएशन (आमा) ले हरेक बर्ष तिज कार्यक्रमबाट रकम संकलन माइती नेपाल, रक्षा नेपाल लगायतलाई सहयोग गर्दै आएको र गत वर्ष भने नेपालमा बाढी पिडितको लागि एक लाख ४० हजार रुपैया संस्थाका महासचिब कल्पना गुरुङ र कोषाध्यक्ष संजु श्रेष्ठ नेपाल पुगी सो रकम एक कार्यक्रमका बीच पत्रकार लामिछाने मार्फत हस्तान्तरण गरेका थिए।
कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीकी पत्नी पुनम राज्य लक्ष्मी सुवेदी प्रमुख अतिथि रहने रहनेछिन्। विशेष अथिति भने रशमुरका डेपुटी मेयर सुइ कार्टर र काउन्सिलर बर्बरा हर्स्ट रहेका छन् । यसैगरी सन् २०१७ को मिस यूके नेपालको ताज पहिरिएकी सिर्जना गुरुङ पनि कार्यक्रममा सहभागी रहने छिन ।
उक्त दिन नाचगान एबम दर खाने कार्यक्रममा सहभागी भएर सघाउन एशियन महिला एशोशिएशन (आमा)अध्यक्ष अमिता बेलबासेले बेलायतस्थित सबै नेपाली दिदीबहिनीहरुलाई अनुरोध गरेकी छन् ।
दिउस १ बजेदेखि सांझ सम्मका लागि तय कार्यक्रममा सहभागी महिलाहरुले तीजको गीतमा नाचगानको रमाइलो गर्नेछन्। दिदीबहिनीहरूलाई भरपूर मनोरञ्जन गराउनका लागि सुप्रसिद्ध डिजेको समेत व्यवस्था गरिएको बताइएको छ ।
सम्पूर्ण बेलायतवासी नेपाली दिदीबहिनीहरूमा हरितालिका तीजको पावन अवसरमा शुभकामना सहित आयोजकले उक्त कार्यक्रममा निमन्त्रणा गरेका छन् ।
कार्यक्रम हुने स्थान :
Samuel Cody Collage Ballantyne Rd,
Hampshire,
Farnborough
GU14 8SN,






