शिव कल्चरल कम्युनिटी सेन्टरले श्री कृष्ण जन्माष्टमी महोत्सव मनायो

लण्डन । सेप्टेम्बर २ तारिख शिव कल्चरल कम्युनिटी सेन्टर अल्डरसटले श्री कृष्ण जन्माष्टमी भव्य रुपमा मनाएको छ ।

श्री कृष्णको अपरम्पार महिमा र गीता एवं महाभारत को अग्रणी का रुपमा र बिष्णु भगवानको आठौ अवतारको जन्म दुष्ट राजा कंसको नाश र धेरै अलौकिक कार्यहरु साथै द्वापर युगमा र गीताको सार कोंतय अर्जुनलाइ बुझाउनु भएको कथाहरु जस्ता धार्मिक र जीवन का कल्याणकारी कार्यहरुको परमात्माको शक्तिको पुजा आराधना साँझ बिशेष समारोहका बीच श्रीकृष्ण जन्माष्टमी मनाइयो ।

स्थानीय अल्डरसट, फार्नबोरो , केम्बर्ली, फ्लीट, बेजिन्स्टोक,र हुक क्षेत्र बाट भक्तजनहरु आएर शिव मन्दिरमा गणेश स्तुति , भजन र भक्ति सम्बाद , आरति र प्रसादम बाट 3 घण्टा जति को साधना गरि सम्पन्न भएको छ । स्थानीय फार्नबोरो का भक्तजन हरु ले बिशेष पुजाका प्रसाद हरु र प्रवचन को व्यवस्था गरेका थिए| श्रीमती मिंग्मा तामांग ले अत्यन्त धार्मिक महत्व को उदाहरण दिनु हुँदै साइ बाबा ले श्री कृष्ण जन्माष्टमी को महत्व र सार बुझाउनु भएको थियो| साधारणतय भारतीय एवं अंग्रेज भक्तजन हरु का बिचमा श्रीमती मिंग्मा तामांग ले अनुवाद गर्दै पनि बुझाउनु भएको थियो |

मन्दिर को तर्फ बाट भक्तजन हरु को बिशेष सेवा मा सरिक हुनु हुने बिक्रम भट्टराई ,डी एस पी बाचस्पति रेग्मी ,भरत श्रेष्ठ,इन्द्र शर्मा साथै ग्रेटर रस्मुर नेपाली कम्युनिटी का अध्यक्ष जीव बेलबासे , एसियन महिला समाजका अध्यक्ष्य अमिता बेलबासे ,शिव कल्चर का ट्रष्टी ओम थापा तथा अतुलनीय योगदान दिनु हुने फार्नबोरो साई ओर्गनाइजेसन् का अध्यक्ष्य श्रीमती सुष्मा गुरुङ, कुल गुरुङ ( बा साई राम ) , श्रीमती शारदा गुरुङ ,श्रीमती हेमा , श्रीमती ममता गुरुङ ,श्रीमती दीपा र श्रीमती कल्पना मोथे लगायत का भक्तजन हरुले भजन र आरतीमा पूर्ण सहयोगका साथ कार्यक्रम चलाउनु भएको थियो |

शिव कल्चरल कम्युनिटी सेन्टर का महासचिव बिक्रम भट्टराइले नेपाली नारीहरुको पावन पर्व तीजको उपलक्ष्यमा शिव कल्चरल तथा कम्यूनिटी सेन्टर अल्डरसट सम्पुर्ण दिदीबहीनीहरु मा हार्दिक शुभ कामना ब्यक्त गर्दै संघ संस्थाको संयोजकत्वमा हरितालिका को पूजा गर्नको निम्ती यही सेप्टेम्वर १२ तारिख बुधबारका दिन स्थानिय शिव मन्दिर (एम्पायर हल को उपल्लो तला) तय गरिएको हुनाले कृपया तपाईको उपस्थित को लागी अनुरोध गर्दछौं भन्नु भयो । व्यवस्थापनको निम्ती सहज बनाउनको लागी तपाई पुजामा सरीक हुनुहुदै छ भने कृपया नाम र संख्या टिपाइदिनु हुन अनुरोध गरीन्छ ।

त्यस्तै आफ्नो प्रेस बक्तव्यमा अध्यक्ष्य रोहित गुरुङ ले सम्पूर्ण भक्तजनहरुलाई धन्यवाद दिदै आगामी सेप्टेम्बर ९ तारीख आइतबार दिन को ११:०० बजे साधारण सभ का निम्ति मन्दिर भवनको स्थापनार्थ बस्ने बैठक र फन्ड रेइज का निम्ति सबै ट्रष्टी , कार्यकारी सदस्य, सल्लाहकार , सदस्यहरु र शुभ चिन्तक हरु लाइ शिव मन्दिर अल्डरशोट GU11 1DJ मा निम्तो गरिएको छ| उक्त कार्यक्रममा नेपाल बाट माता जी विदुषी सपना श्रेष्ठ , श्री कृष्ण प्राणायम भागवत वाचिका ले प्रवचन दिनु हने अत्यन्त महत्वपुर्ण कार्यक्रममा पनि भाग लिनु हुन अनुरोध गर्नु भएको छ ।