महाधिवेशन प्रतिनिधिका लागि बेलायतमा दोब्बर आकांक्षी,अधिवेशन भोलि हुने

लन्डन– नेपाली जनसम्पर्क समिति बेलायतले कांग्रेस महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गर्न पहल तीब्र बनाएको छ ।12767418_10205743837504023_859487180_n[2]

विधानअनुसार ७ जना महाधिवेशन प्रतिनिधि छान्नुपर्नेमा अहिलेसम्म १५ जनाभन्दा बढीले आकांक्षा राखेका छन् । ७ जना मध्ये ३ जना महासमिति सदस्य र ४ जना महाअधिबेसन प्रतिनिधी रहनेछन् ।

बेलायतमा दुई समूहमा रहेका कांग्रेसलाई मिलाएर सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रयास भै रहेको संयोजक लामिछाने र नेता चिरनजीबी ढकालले लन्डन नेपाल न्यूज डट कमसँगको टेलिफोन कुराकानी मा बताए ।

भोलि आइतबार हुने अधिवेशनमा सक्रिय सहभागिताका लागी बेलायतस्थित नेपाली कांग्रेसका सम्पूर्ण नेताहरु, जनसम्पर्क समिति बेलायतका पूर्वसल्लाहकारहरु, पूर्व तथा बर्तमान पधाधिकारीहरु, क्षेत्रीय सभापतिहरु र सम्पूर्ण क्रियाशील सदस्यलाई अपिल गरेका छन् ।

सर्वसम्मत प्रतिनिधि छान्न  नेताहरुबीच बिहीबारदेखि नै औपचारिक अनौपचारिक बैठकहरु आयोजना गरिएको बेलायतस्थित कांग्रेस नेता एवं विदेश विभाग सदस्य विज्ञान प्रसाईंले जानकारी दिनुभयो ।

अधिवेशन फेब्रुअरी २१ तारिख आइतबार अपरान्ह १२ बजेदेखि ३ बजेसम्म सिविल इञ्जिनॆएर बार-ब्लु अर्किड रेस्टुरेण्ट्मा हुने जनाइएको छ ।