के देशका आधा मन्त्रीलाई हटाउने निर्णयले सुध्रनेछ अर्थव्यवस्था ?

गम्भीर आर्थिक संकटसँग जुधिरहेको अर्जेन्टिनाका राष्ट्रपति मारिसियाले देशको अर्थव्यवस्था सुधारका लागि आधाभन्दा मन्त्रीलाई पदबाट हटाइने घोषणा गरेका छनु ।

म्याक्रीले देशमा पैदा भएको ‘संकटकाल’ जस्तो स्थिती र देशको मुद्रा पिसोको लगातार घट्दो मूल्यसँग जुध्नका लागि यस्तो कडा कदम उठाउने निर्णय गरेको बताएका छन् ।

म्याक्रीले राष्ट्रको नाममा गरेको सम्बोधनमा अर्जेन्टिनाले आम्दानीभन्दा धेरै खर्च गर्ने बानीलाई निरन्तरता दिन नसक्ने बताएका छन् ।

सरकारले ‘करिब आधा’ मन्त्रीलाई पदबाट हटाउने योजना बनाइरहेको जानकारी राष्ट्रपतिले दिए ।

यद्यपी, सरकारले कुन मन्त्रालयलाई खारेज गर्ने र कुन मन्त्रालयलाई गाभ्ने भन्नेबारे अहिले जानकारी दिएको छैन ।

केही अन्न र विभिन्न उत्पादनलाई निर्यात गर्ने योजना पनि बनाइएको छ ।

अर्जेन्टिना विश्वमा सोयाबाट बन्ने खाद्य पदार्थ र सोयाको तेलको सबैभन्दा ठूलो निर्यातकर्ता हो । यसबाहेक मकै, गहुँ र काँचो सोयाबिनको पनि ठूलो उत्पादक हो ।

अर्को वर्ष जनवरी १ देखि यो उत्पादनको मूल्यमा हरेक डलरको हिसाबले चार पिसोको कर लाग्नेछ ।

कडा कदमले सुध्रिनेछ स्थिती ?

बीबीसीको दक्षिण अमेरिका बिजेनस संवाददाता ड्यानियल गैलासका अनुसार मारिसिया म्याक्री अर्जेन्टिनाको अर्थव्यवस्था सुधार्ने आफ्नो प्रतिबद्धता पूरा गर्न तयार भएको देखिन्छन् ।

टिभीमा देशको नाममा सम्बोधनमा उनले अर्थव्यवस्थालाई ट्र्याकमा ल्याउने आफ्नो प्रतिबद्धता देखाउनुका साथै आफ्नो सरकारले गरेको गल्ती पनि स्विकारेका छन् ।

उनले भने, ‘महँगी नियन्त्रणका लागि मेरो ढिलो कोसिस सफल हुन सकेन र नतिजामार्फत थाहा भयो कि मैले आफ्नो कोसिसलाई तीब्र गतिमा ल्याउनुपर्दथ्यो । ’

‘अब अर्जेन्टिजना सरकारको क्याबिनेटमा फेरबदल हुने तयारीमा छ । यसमा करिब देशका आधा मन्त्रीलाई पदबाट हटाइने भएको छ,’ उनले भने ।

एजेन्सी