मुम्बईमा चार्टर्ड विमान खस्यो, पाँचजनाको मृत्यु

काठमाडौं। भारतको मुम्बईमा बिहीबार दिउँसो एक चार्टर गरिएको विमान दुर्घटना हुँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चारजना विमानमा सवार र एकजना जमिनमा रहेका व्यक्ति परेका त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

विमान पूर्वी मुम्बईको आवासीय क्षेत्र घट्कोपारमा निर्माणाधीन भवनमा दुर्घटनाग्रस्त भएको हो ।

विमान अवतरण गर्न पाइलटले प्रयास गर्दैगर्दा दुर्घटना भएको प्रारम्भिक रिपोर्टमा जनाइएको छ ।