लन्डन। एनआरएन यूकेका उम्मेदवारसँग साझा बहस कार्यक्रम हुने भएको छ । लन्डन नेपाल न्यूज डट कम र गोर्खा च्यानलको संयुक्त आयोजनामा उम्मेदवारहरुबीच बहस कार्यक्रम हुन लागेको हो ।
कार्यक्रमको सञ्चालन पत्रकारहरु विमला सेने, शिव भण्डारी र विनेश परियारले गर्नेछन् । सेप्टेम्बर १ मा अल्डरसटस्थित एम्पायर हलमा बिहान ११ देखि ६ बजेसम्म उम्मेदवारहरुबीच बहस कार्यक्रम गरिने भएको हो । आगामी सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूकेको अधिवेशन नजिकिंदै गर्दा उमेदवारी घोषणा गर्ने पदाधिकारी र एनआरएनए यूकेमा आवद्ध व्यक्तिहरुबीच साक्षात्कार हुनेछ ।
एनआरएन यूकेको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्षद्वय शेर बहादुर सुनार र पुनम गुरुङको उम्मेदवारी परेको छ । एनआरएन युकेको निर्वाचनका लागि १ सय १७ जनाको उम्मेदवारी परेको छ । १४ सेप्टेम्वरमा हुन लागि रहेको निर्वाचनका लागि यति ठुलो सख्यामा उम्मेदवारी परेको हो ।
यूके केन्द्रीय कार्यसमितिको खुला उपाध्यक्षको २ पदमा वर्तमान उपाध्यक्ष्य प्रेम गाहा मगर, कमल पौडेल, सुनिल खड्का,धन सार्की र पशुपति पोखरेल सहित ५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । महिला उपाध्यक्षमा रोजिना प्रधान राई र विमला लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय कार्यसमिति उपाध्यक्षमा राज्य परिषदको कोटाबाट नर्दन आयरल्याण्डबाट नारायण कंडेल र वेल्सबाट रामचन्द्र पोखरेल निर्विरोध भएका छन् भने स्कटल्याण्डबाट यज्ञमुर्ति ढकाल र मोहन कार्की गरि २ जनाले उम्मेदवारी दिएका छन् । अर्को महत्वपुर्ण पद यूके केन्द्रीय महासचिवमा फडिन्द्र भट्टराई र कर्मा पहाडी शेर्पा एवम् २ जना सचिवको पदमा विष्णु खरेल ,कोशलेश्वर (कृष्ण ढकाल), जित रानाभाट, भोलाविक्रम राईको उम्मेदवारी परेको छ । १ जना महिला सचिवका लागि रञ्जिता मल्ल र लिला सेलिङ माबोले उम्मेदवारी दर्ता गराएका छन्
। कोषाध्यक्षमा तिलकराम भट्टराई र तेजेन्द्र रोका, सहकोषाध्यक्षमा विष्णु चालिसे र सकुन्तला गुरुङ, महिला संयोजकमा प्रसुना कंडेल र क्षमता ढकाल, युवा संयोजकमा अनिल मल्ल र नविन गुरुङको उम्मेदवारी परेको छ । १२ जना कार्यसमिति सदस्यमा २१ जनाको उम्मेदवारी आएको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आइसीसी० का ७ वटा सदस्यको लागि योगकुमार फगामी, दयानिधि सापकोटा, ललितकुमार न्यौपाने , राजन खकुराल, अर्कराज तिम्सिना, अर्जुन कटुवाल , सुरोज मास्के, होमनाथ पौडेल, कृष्ण तिवारी, रमेश शर्मा बांस्तोला, मनिष खड्का, शालिक सापकोटा, सुशिला राई र लिलादेवी गुरुङले उम्मेदवारी दिएका छन् ।
इंग्ल्याण्ड राज्य परिषदको अध्यक्षमा दिपक श्रेष्ठ र भीम सारु तथा स्कटल्याण्ड राज्य परिषद् अध्यक्षमा छविलाल अर्याल र काशिराम भण्डारीको उम्मेदवारी परेको छ । नर्दन आयरल्याण्ड परिषदमा नारायणबहादुर कुँवर र वेल्स राज्य परिषदमा कृष्णप्रसाद भण्डारीको नेतृत्वको कार्यसमिति निर्विरोध भएको छ ।






