लन्डन। पत्रकार नारायण गाउँले आफ्नो फेसबुक स्टाटसमा यस्तो लेखेका छन् हेर्नुहोस यस्तो रहेछ कारण !!
अध्यक्ष नै स्पष्ट रूपमा एउटा प्यानलको उम्मेदवार बनेर चुनाब लड्नु नैतिक या अनैतिक के हो भन्ने प्रश्न एनआरएनए युकेमा देखिएको छ ।
उम्मेदवार नहुने र संस्थाको अध्यक्षका हैसियतमा १४ हजार सदस्यको भेरिफिकेशन प्रक्रियामा उहाँ प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो । यही विश्वासका साथ उहाँको आग्रहमा निर्वाचन मण्डल गठन गर्ने अधिकार पनि उहाँलाई नै थियो । उपाध्यक्ष लगायतका अन्य पदाधिकारीलाई निर्वाचन आयोग नबन्दैदेखि उम्मेदवार बन्न सक्ने सम्भावना देखाएर त्यो प्रक्रियामा सामेल हुन दिइएको थिइएन । अझै पनि पैसा काटिएको तर सदस्यता स्वीकृत नभएका धेरै गुनासाहरू छन् ।
तर उम्मेदवारी दर्ताको अन्तिम दिन उहाँले समेत उम्मेदवारी दर्ता गरेपछि र त्यो उम्मेदवारी कुनै एक उम्मेदवारको प्यानलबाट आएको शङ्का गरिएपछि कार्यसमितिभित्रै गुनासो देखिएको थियो ।
सामाजिक संस्थामा प्यानल बनाएर चुनाब लड्नु पक्कै पनि नैतिक र वैध कार्य होइन । तर निर्वाचन कमिटीले आँखा चिम्लिएको र दुबै अध्यक्षले तलदेखि माथिसम्म प्यानल बनाएकाले कुनै एउटालाई मात्रै दोष दिन सकिन्न । प्यानलमा नपरे चुनाब नजितिने अवस्था भएकाले अन्य उम्मेदवारप्रति पनि चित्त दुखाउने ठाउँ कमै थियो । भोलि जसले जिते पनि आफ्नै साथीभाइ आउने भएकाले स्थिति सामान्य होला भन्ने अनुमान थियो ।
तर दुई वर्ष संस्थाको अध्यक्षता गरेर, समय र साधनस्रोत संस्थालाई दिएर र हामी सबैको आदरणीय बनेर यहाँसम्म आउनुभएका उहाँले आफ्नो गरिमा कायम गर्दै तटस्थ बसिदिएको भए झन् राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्यो । आखिर दुबै उम्मेदवार उहाँको कार्यकालका उपाध्यक्ष र प्रिय थिए । दुईमध्ये जसले जिते पनि संस्था हार्ने भन्ने थिएन । दुबैमा केही गर्छु भन्ने जोश र योजना थियो । हृदयमा शुभकामना रहनु सामान्य नै हो तर अध्यक्ष नै एउटा प्यानलबाट लड्दा त्यसले दिने सन्देश पक्कै सकारात्मक हुँदैन र त्यसले प्यानललाई नै पनि खास मद्दत गर्दैन ।
अहिले एनआरएनए समुदाय यसरी नमिठो गरी दुई कित्तामा चिरिएको बेला उहाँले पद र संस्थाको मर्यादा सम्झेर जोड्ने कामतिर लाग्नुहुनेछ भन्ने विश्वास लिएको छु । हुन त यति लेख्दा पनि खेदो खनेको भनेर अर्थ्याउने शठहरू हामीसँग कम छैनन् । र पनि, भोलि गल्तीवश उहाँको नाम प्यानलमा परेको खबर पढ्न पाए हुन्थ्यो । आखिर जसले जिते पनि एनआरएनए युकेको इतिहासमा नयाँ अध्याय कोरिँदै छ । मन सानो गर्नुपर्ने कुरै छैन ।
कमेन्ट हरु हेरौ जस्ताको तेस्तै–








