नेकपा आजबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्ने !

kf6L{ PsLs/0f 3f]if0ff sfo{qmddf /fli6«o ;efu[x sf7df8f}Fdf laxLaf/ g]kfn sDo'lgi6 kf6L{sf] PsLs/0f 3f]if0ff sfo{qmddf cWoIfåo s]kL zdf{ cf]nL / k'iksdn bfxfnnufot g]tfx? . t:jL/ M gjLg kf}8]n, /f;;

काठमाडौं– तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण पछि गठन गरिएको नेकपाले आजबाट आफ्नो नाम परिवर्तन गर्ने भएको छ । यसअघि ‘नेकपा अन्डरलाईन’ नाम राखेको उक्त पार्टीले निर्वाचन आयोगले आयोगमा दल दर्ता गर्न अस्वीकार गर्दै नाम परिवर्तन गर्न सुझाव दिएपछि नेकपा अनडरलाइनले नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।

‘पार्टी एकतापछि हामीले निर्वाचन आयोगसँग निरन्तर छलफल र बहस गर्यौ, आयोगले पनि नाम जुध्यो, मिलाउन सक्ने अवस्था छ कि छैन ? भनेर सोध्यो त्यसपछि हामीले पार्टीमा पनि यसवारे छलफल गर्यौ, दुर्य अध्यक्षसँग पनि छलफल गर्यौ, छलफलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) राख्दा नजुधने र नयाँ नाम हुने भएकाले त्यहि नाम आयोगमा दर्ता गर्ने निर्णयमा पुग्यौ’ नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले बताए ।

नाम परिवर्तनका लागि आवाश्यक कागजपत्रसहित आजै (बिहीबार ) निर्वाचन आयोगमा पुगेर नाम परिवर्तनको प्रकृया अघि बढाउने तयारी सो पार्टीले गरेको छ । ‘ अव पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी ब्राकेटमा (नेकपा) र अङग्रेजीमा एनसीपी राखिनेछ । यति गरेपछि हाम्रो नयाँ नाम हुनेछ’ नेम्वाङले भने ।

नाम परिवर्तनबारे बुधबारको संसदीय दलमा समेत छलफल भएको थियो । छलफलमा नेता नेम्वाङ र अर्का नेता देव गुरुङले नयाँ नाम प्रस्ताव गरेका थिए । त्यसक्रममा अध्यक्ष केपी ओली र प्रचण्डले कसैलाई असर नपर्नेगरी नाम तय गर्नुपर्ने धारणा राखेका थिए ।

सोही बैठकले नेताद्धय नेम्वाङ र गुरुङलाई नाम परिवर्तन गरि आयोगमा दर्ता गर्न जिम्मेवारी दिएकाले आजै आयोग जाने नेताहरुले बताएका छन् । यसअघि सो पाटीले दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको नाम आयोगलाई बुझाइसकेको छ । नाम परिवर्तनका लागि निवेदन र निणर्यका कागज आयोगले पाएपछि त्यसको छानविन गरेर आयोगले प्रमाणपत्र दिनेछ ।