लन्डन । एनआरएन र टिबिआई कम्पनीबीच एक सहमतीपत्रमा हस्ताक्षर भएको छ । गैर आवासीय नेपाली संघ र टिबिआइ ग्रुपको ३ वटा प्रतिष्ठानहरु बिबि होलीडेज प्राली, धुलीखेल माउण्टेन रिसोर्ट तथा टिबिआई पब्लिकेशनबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो ।
गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले आफनै तीन प्रतिष्ठानबाट एनआरएनका पंञ्जीकृत सदस्यलाई विशेष छुट दिने भएपछि टिएका हुन । गैर आवासीय नेपाली संघ एवं टिबिआइ ग्रुपका अध्यक्ष भवन भट्ट एवं गैर आवासीय नेपाली संघका उपाध्यक्ष सपीला राजभण्डारीको समुपस्थितिमा भएको सहमति पत्र अनुसार टिबिआइ ग्रुपका ३ वटा प्रतिष्ठानहरुले गैरआवासीय नेपाली संघका पंजिकृत सदस्यहरुलाई विशेष छुट दिने भएका छन् ।
अब उपरान्त गैर आवासीय नेपाली संघले प्रदान गरेको परिचय पत्र भएका व्यक्तिहरुले धुलिखेल माउण्टेन रिजोर्टको कोठामा २० प्रतिशत र खाना तथा पेय पदार्थमा १० प्रतिशत, टिबिआइ पब्लिकेशनको प्रकाशनको विज्ञापनमा ३० प्रतिशत र ग्राहक बन्दा २० प्रतिशत छुट पाउने भएका छन् ।






