बेलायतमा रहेका गैरकानुनी आप्रवासीलाई एउटा राहत

londonnepalnews.com

लण्डन ।होम अफिसले गैरकानुनी रुपमा बसिरहेका आप्रवासीहरुलाई बैंक अकाउन्ट सम्बन्धि नियम परिवर्तन गरेको छ ।

इमिग्रेसन नियन्त्रणका नाममा आप्रवासीहरुप्रति चरम कठोरता देखाउंदै आएको होम अफिसले यसपाली भने बैंक अकाउन्ट जांच प्रक्रिया स्थगित गरेको हो ।

होम अफिसले गत जनवरीदेखि आप्रवासीका करिब ७० मिलियन बैंक खाता विवरण जांच गर्न शुरु गरेको थियो ।

नवनियुक्त गृहमन्त्री सजिद जाविदले होम अफिसले बैंकहरुलाई पत्र पठाएर जांच स्थगितबारे जानकारी दिएको बताएका छन् ।