बेक्स्ली नेपाली समाजको तीज कार्यक्रम सम्पन्न

लन्डन– हिन्दू महिलाहरुले विगतमा झैं यस वर्ष पनि धूमधामसाथ तीज मनाएका छन् । हरितालिका तीजका अवसरमा बेलायतमा पनि नेपाली हिन्दू महिलाहरुले ब्रत, उपासना र उत्सवकैरुपमा तीज मनाउने गर्छन् । तीज आउनु दुई साताअघि नै सुरु भएको तीजे कार्यक्रमको रमझम ऋषिपञ्चमीसम्म जारी रहन्छ ।

बेक्स्ली नेपाली समाजको गत आईतवार तीज कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

अप्नी हवेली रेस्टुरेन्टको हलमा आयोजना गरिएको सो कार्यक्रममा बेक्स्ली बरो र वरपरका महिलाहरुको बाक्लो सहभागीता रहेको थियो । ३ चरणमा सन्चालन गरिएको सो कार्यक्रम बेलुका ४ बजे देखी ११ बजे सम्म चलेको थियो ।

पहिलो चरणमा डि जे गोपी गुरुङले प्रस्तुत गर्नु भएको मिठा तीजका गीतमा दिदी बहिनीहरुको रौनक पूर्ण नाच , स्टाटर र ड्रिन्क्सले रमाइलो गराएको थियो ।

IMG_2888

दोस्रो चरणमा छोटो र मिठो औपचारिक कार्यक्रम थियो । जसमा, जोर पानस बत्ती बालेर बेक्स्ली नेपाली समाजका अध्यक्ष श्री केश बहादुर गुरुङ र संस्थाका महिला सन्योजक तथा तीज कार्यक्रम सन्योजक श्रीमती उमा गुरुङले संयुक्त रुपमा उदघाटन् गर्नुभयो । त्यसै गरि स्वागत भाषण गर्दै संस्थाका डाइरेक्टर श्रीमती माया गुरुङले यस कार्यक्रमले सन्स्क्रितीको जगेर्ना भएको , दिदी बहिनी बिच घनिस्ठता बडेको भन्दै सबै जनालाई स्वागत गर्नुभयो ।

यसै गरी अध्यक्ष श्री केश बहादुर गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने स्पोन्सर ,ब्यबस्थापन गर्नु हुने सन्योजक उमा गुरुङ लगायत सबै जना ,मिडियाकर्मी श्री गुन देव घिमिरे , आफ्नै हातबाट सेल रोटी पकाएर स्पोन्सर गर्नु हुने श्री श्याम गुरुङ , टिकेट ब्याबस्थापन गर्नु हुने कोसाध्यक्ष श्री चन्द्रबिर गुरुङ र कार्यक्रम सफल पार्न सहभागी सबै जनालाई धन्यवाद प्रदान गर्नुभयो ।

अन्तमा माहासचिब श्री आनन्द धरेलले हरीतालिका तीजको उपलक्ष्यमा सम्पुण नेपाली महिला दिदी बहिनीलाई तीजको शुभ कामना प्रदान गर्नु हुँदै औपचारिक कार्यक्रमको समाप्त भएको थियो । सो औपचारिक कार्यक्रमको सन्चालन श्री हरिश ग्यावलीले सन्चालन गर्नु भएको थियो । तेस्रो चरणको कार्यक्रममा पुन: खान पानको साथ महिला समुदायको भब्य नाच प्रस्तुत भएको थियो ।

जसको नेत्रीत्यो समाजका दिदी बहिनी उमा गुरुङ ,बिन्दु गुरुङ ,सुस्मा डुंगाना ,बिमला शर्मा ,बिजिता गौतम ,बिजन गुरुङ , आराधाना ग्यावली , राधा सापकोटा , शान्ती थापा , पार्वती अधिकारी र देवी बास्तोलाले गर्नु भएको थियो । सो नाचलाई पुरुषको टोलीले साथ दिएको थियो । पुरुष टोलीको नेत्रित्व शिव राम गुरुङ , बिजय गुरुङ , पञ्च मान गुरुङ , हरिश ग्यावली र शरण आचार्य लगायतले गर्नु भएको थियो । यसै बिच श्रीमती बिजिता गौतम र श्री आनन्द धरेलले राफल ड्र सन्चालन गरेका थिए ।

आठ जना पुरस्कार बिजेतालाई स्पोन्सरको नै हात बाट पुरस्कार प्रदान गरियो । उक्त कार्यक्रममा समाजका सदस्य श्री कमल गुरुङ , श्री गणेश बास्तोला ,श्री गोविन्द गुरुङ लगायत नेपालबाट पाल्नु भएका आमाहरुको पनि सकृय सहभागीता थियो । अन्तमा आयोजकको तर्फबाट सम्पूर्ण सहभागी दिदी- बहिनीलाई उपहार प्रदान गरी सम्पूर्ण कार्यक्रम समापन गरियो।