चिया कफी खेती गर्ने हो ? अनुदानका लागि आवेदन दिनुहोस्

काठमाडौं, फागुन १७- राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चिया तथा कफी खेती किसानलाई ५० प्रतिशत अनुदान दिने भएको छ । अनुदानका लागि अबको १० दिनभित्र  आवेदन दिन बोर्डले आग्रह गरेको छ ।

चिया तथा कफी खेतीको विकासका लागि बोर्डले ५० प्रतिशत अनुदानको व्यवस्था गर्न लागेको हो । बोर्डले कफी नर्सरी, कफी रोपण तालिमका साथै विरुवाका लागि ५० प्रतिशत अनुदान दिन लागेको जनाएको छ ।

बोर्डका अनुसार अनुदानका लागि किसानले सम्बन्धित जिल्ला कृषि विकास कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । आवेदन दिएका मध्ये कार्यविधि अनुसार किसानलाई छनौट गरिने पनि राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।