एनआरएनको नयाँ माइग्रेन्ट इस्यू उपसमिति संयोजकमा खरेल

लन्डन । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) ले माइगेन्ट इस्यू उपसमिति गठन गरेको छ । आप्रवासीको समस्या समाधान गर्ने उद्देश्यले पहिलो पटक सो समिति गठन गरिएको हो । एनआरएन २०१७ २०१९ को कार्यकालका लागि गठन गरिएको उपसमितिमा स्पेनका दीपक खरेल संयोजक नियुक्त भएका छन् । खरेलको संयोजकत्वमा ३३ सदस्यीय उपसमिति गठन गरिएको हो ।

समितिमा पोल्यान्डबाट आनन्द घिमिरे, पोर्चुगलबाट गोविन्द सापकोटा, चेक रिपब्लीकबाट डा। चिरन्जीवी खडका, डेनमार्कबाट दिपक सापकोटा, बेल्जियमबाट नारायण अधिकारी, स्पेनबाट रामकृष्ण पुडासैनी, बेल्जियमबाट गोविन्द ओली, स्पेनबाट राज खनाल, अष्टेलियाबाट नवीन मौनाली, अमेरिकाबाट मोहन विष्ट, साउदी अरव सुरेशराज त्रिपाठी, स्पेनबाट केदारनाथ ढुंगाना, यूकेबाट मिलन शर्मा, अमेरिकाबाट कुन्ती थापा समितिमा परेका छन् ।

त्यसैगरि समितिमा पोर्चुगलका दिपक पौडेल, स्पेनका सन्तोष पौडेल, पोल्यान्डका मित्रलाल पर्दी, रोमानीका श्रीकृष्ण पुरी, लक्जेमवर्गका बालहरि राई, इजरायलकी भगवती बस्नेत, ग्रीसका कृष्ण पोखरेल, ईटालीका दिनेश बल्ल श्रेष्ठ, स्वीडेनका प्रेम गौतम, रसियाका दिल्ली खरेल सुमन , नर्वेका कुमार पण्डित, जर्मनीका डा। यज्ञ अधिकारी, फान्सका मिनकुमार श्रेष्ठ, रोमानीयाका नवराज पोखरेल, दोहका मोहम्बत रमजन अली, अमेरिकाबाट सुरेश कोइराला र अष्ट्रेलियाका चर्तुभुज खरेल छन् ।

समितिमा चार सदस्यीय सल्लाहकार रहनु भएको छ । एनआरएन उपाध्यक्ष कुमार पन्त, महासचिव बद्री केसी, टिवी कार्की र आइसिसी सदस्य धरम केसी सल्लाहकार बनेको छ।