लन्डन दूतावासमा प्रजातन्त्र दिवस

embassy nepal
लन्डन । लन्डनस्थित नेपाली दूतावासमा शुक्रवार ६६ औं प्रजातन्त्र दिवस मनाइएको छ । फागुन ७ कै दिन दूतावास भवनमा कार्यक्रम भएको हो । उक्त कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
कार्यक्रममा कार्यवहाक नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपाली जनताले झण्डै ७ दशकदेखि संघर्ष गरेर प्रजातन्त्र आएपनि यो संस्थागत हुन नसक्दा मुलुक पछाडि परेको बताए । उनले नयां संविधान जारी भएको प्रसंग उल्लेख गर्दै यो मुल कानुन भएकाले आवश्यकता अनुसार संशोधन गर्दै लान सकिने समेत जनाए ।
कार्यक्रममा थर्ड सेक्रेटरी बाबुकाजी डंगोलले स्वागत मन्तव्य दिएका थिए । उक्त समारोहमा यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष उमेशराज मोक्तान, नेपाल पर्यटन वोर्डका बेलायत प्रतिनिधि पशुपति भण्डारी, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओविइ), नेपाल आदिवासी जनजाती महासंघ यूके अध्यक्ष धर्म तामाङ, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली लगायतले प्रजातन्त्र दिवसको शुभकामना दिए ।
कार्यक्रममा हालैमात्र नेपाल पर्यटन वोर्डको बेलायत प्रतिनिधि नियुक्त भएकामा व्यवसायी पशुपति भण्डारीलाई कार्यवहाक राजदूत क्षेत्रीले कार्य सफलताको कामना गर्दै वधाइ र सम्मान गरे ।
मन्तव्य शुरु हुनु अघि राष्ट्रिय गान बजाइएको थियो भने शहीदप्रति मौनधारण समेत गरियो ।
तस्विरहरुः सुरज पौडेल
embassy5
embassy4
embassy3
embassy2