लण्डन । आगामी मे ६ तारिख आइतबार सांझ ६ बजेदेखि ११ बजे सम्म चार्ल्टन नेपाली समाजले एक शुभकामना सांझ कार्यक्रमको आयोजना गर्ने भएको छ ।
नेपाली नयां वर्षको अवसरमा गर्न लागिएको उक्त कार्यक्रममा लोकदोहोरी क्षेत्रका लोकप्रिय गायकहरु विमलराज क्षेत्री, रमेशराज भट्टराई र गायिका चन्द्रा कार्कीले विशेष सांगीतिक प्रस्तुति गर्ने जानकारी समाजका उपाध्यक्ष कृष्ण खरेलले जानकारी दिए ।
चार्ल्टनस्थित मेरिडियन स्पोर्टस सोसल क्लबमा आयोजना हुने शुभकामना सांझ धमाकाका लागि आयोजक अहिले तिब्र तयारीमा जुटेको छ ।
कार्यक्रममा उपस्थित भएर मनोरंजन लिन एबम कलाकारहरुको हौसला बढाइदिन समाजका अध्यक्ष टंक कंडेलले बेलायतबासी नेपालीहरुलाई आव्हान गरेका छन् ।
कार्यक्रममा सहभागीहरुबीच राफल ड्र पनि गराइने आयोजकले जनाएको छ । जसमा पहिलो पुरस्कार प्लमस्टिडस्थित बर्मा ज्वेलर्स र दोस्रो पुरस्कार पानस रेष्टुरेन्टले प्रायोजन गरेका छन् । टिकटको सौजन्य भने प्रेम गैरेले गरेका छन् ।
कार्यक्रमको प्रवेश शुल्क मात्र १२ पाउण्ड तोकिएको छ भने बालबालिकाको लागि ७ पाउण्ड र ५ वर्ष मुनिकालाई निशुल्क प्रवेश छ ।






