वीरगञ्ज नाका तत्काल खुल्दैन, चीनबाट इन्धन ल्याए हुन्छः भारतीय राजदूत

(150918) -- KATHMANDU, Sept. 18, 2015 (Xinhua) -- Indian Foreign Secretary Subrahmanyam Jaishankar arrives at Tribhuwan International Airport for his official visit in Kathmandu, Nepal, Sept. 18, 2015. Indian Foreign Secretary S Jaishankar arrived in Nepal on Friday as special envoy of Prime Minister Narendra Modi for a two-day visit just two days before the much-delayed constitution promulgation through the Constituent Assembly. (Xinhua/Sunil Sharma)

काठमाण्डु, ३ असोज– तीन सातायता नेपालमाथि नाकाबन्दी गर्दै आएको दक्षिण छिमेकी भारतले वीरगञ्ज नाका तत्काल सुचारु नहुने बताएको छ ।

काठमाण्डुस्थित नेपालका लागि भारतीय राजदूत रञ्जित रायले भारतले नभई नेपालकै आन्दोलनकारीको अवरोधले आपूर्ति रोकिएको जिकिर गरे ।
नाकाबन्दी खुलाउने प्रयासमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा दिल्लीबाट फर्केको भोलिपल्ट पत्रकार सम्मेलन गरी रायले हजारौं आन्दोलनकारीले सिमा क्षेत्रमा अवरोध जारी राखेको अवस्थामा नाका खुल्ने सम्भावना नरहेको बताएका हुन् ।
‘हामीले होइन नेपालकै आन्दोलनकारीहरुले सिमा क्षेत्रमा बसेर अवरोध गरेकाले आपूर्तिमा अवरोध आएको हो’, रायले भने, ‘वीरगञ्ज नाका तत्काल खुल्दैन ।’ उनले वीरजञ्ज नाकामा रोकिएका ट्रक तथा ट्यांकर अन्य नाकाबाट नेपाल आउन पनि सजिलो नभएको जिकिर गरे ।
अरु नाकाले ठूलो मात्रामा सवारी चाप धान्न नसक्ने तर्क रायको छ । रायले नेपालमा भारतले नाकाबन्दी नगरेको र नाकाबन्दी गर्नुको कारणसमेत नरहेको जिकिर गरे ।
उनले मधेस आन्दोलनको माग सम्बोधन हुनेबित्तिकै नाका सुचारु हुने पनि बताए । ‘मैले सुनेको छु अन्दोलनकारीका राजनीतिक माग सम्बोधन गर्न संविधमान संशोधनको तयारी हुँदैछ र वार्ता टोली पनि गठन भएको छ’, रायले भने, ‘मलाई विश्वास छ कि छिट्टै समस्या समाधान हुनेछ ।’
चीनबाट इन्धन ल्याए हुन्छ, तर महंगो पर्छ
पत्रकार सम्मेलनमा सञ्चारकर्मीको एक जिज्ञाशामा राजदूत रायले नेपालले चीनबाट इन्धन ल्याउन सक्ने बताए ।
सार्वभौम मुलुक हुनुको नाताले नेपालले चीनबाट इन्धन ल्याउन सक्ने तर ढुवानी खर्च धेरै हुने उनको भनाइ थियो । ‘नेपाल सार्वभौम मुलुक हो’, राजदूतले भने, ‘चीनबाट पेट्रोलियम ल्याउन सक्छ, तर ढुवानी बढी लाग्छ ।’