‘भारतलाई कारवाहीको भागेदार बनाउँछौ’

सुमन घिमिरे
मोरङ, ३ कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले भारतलाई अन्तर्राष्ट्रिय रुपमा उभ्याएर कार्बाहीको भागेदार बनाएरै छाड्ने बताउनु भएको छ ।
नेकपा एमाले मोरङको इटहरा गाउँ कमिटिद्धारा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले नेपालमा भारतले नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय कानून तथा सन्धी सम्झौतालाई लत्याएको बताउँदै भारत कारबाहीको भागेदार बन्नुपर्ने बताउनुभयो ।
अन्य छिमेकी मूलुकहरुले समेत भारतले नेपालमा गरेको नाकाबन्दीप्रति आलोचना गरिरहेकाले भारतले क्षमायाचना गरेर सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । नेकपा एमालेको पहल कदमिमा संबिधान जारी भएको बताउँदै कार्कीले अब एमालेकै नेतृत्वमा देश समृद्धिको बाटोमा लाग्ने बताउनुभयो ।