लन्डन– बेलायतस्थित नेपाली श्रष्टाहरुको संयुक्त मुक्तक संग्रह ‘मुक्तक महक’ लोकार्पण भएको छ ।
शनिबार लन्डनमा भएको कार्यक्रममा प्रमुख अतिथी दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरे, प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठ, वरिष्ठ साहित्यकार खगेन्द्र नेपाली, साहित्य चौतारी यूकेका संयोजक वासु शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतका अध्यक्ष सुमलकुमार गुरुङ र प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले उक्त पुस्तक प्रकाशन गरेको हो ।
संग्रहमा डा। दुबसु क्षत्री, डा। रुपक श्रेष्ठ, वासु शर्मा, अन्जु अन्जली, केदार संकेत, गोकुल भण्डारी, जगत नवोदित, दुर्गाप्रसाद पोख्रेल, प्रतिमा केसी, नरेश नाति, नृपेश उप्रेती ‘योगपुत्र’, मुकेश राई, मोहन आचार्य ९इन्द्रेणी शर्मा जलद०, रविन जोशी, राज श्रेष्ठ, ललित न्यौपाने, सन्जिता देउजा र सुमल गुरुङका २०(२० मुक्तकहरु संग्रहित छन् ।
कार्यक्रमका प्रमुख अतिथि दूतावासका थर्ड सेक्रेटरी भूपेन्द्र घिमिरेले विमोचित कृतिले डायस्पोरा साहित्यमा एउटा नयाँ इतिहास स्थापित गरेको बताए । उनले श्रष्टाहरु सबैलाई बधाइ समेत दिए ।
संग्रह सम्पादन गरेका प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठलगायतले सम्बोधन गरेका थिए ।
मुक्तककार तथा पत्रकार नृपेश उप्रेतीले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष राज श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
लोकार्पण समारोहमा उपस्थित श्रष्टाहरु डा रुपक श्रेष्ठ, नृपेश उप्रेती, राज श्रेष्ठ, दुर्गा पोख्रेल, वासु शर्मा, प्रतिमा केसी, मोहन आचार्य, सुमल गुरुङ लगायतले संग्रहमा प्रकाशित आफ्ना मुक्तक पनि वाचन गरे।

हेर्नुस -पत्रकार शिब भण्डारीले तयार पारेको कार्यक्रमको स्थलगत लाइभ रिपोर्ट






