सिंहदरबारमा कांग्रेसको संसदीय दलको बैठक, के विषयमा हुँदैछ छलफल ?

g]sfF ;+;bLo bnsf] a}7s g]kfnL sfFu|]; ;+;bLo bnsf] sfof{nodf zlgaf/ a;]sf] ;+;bLo bnsf] a}7sdf g]sfF ;efklt z]/axfb'/ b]pjf, jl/i7 g]tf /fdrG› kf}8]n, dxfdGqL 8f z+zfs sf]O/fnf nufot ;xefuLx? . tl:a/M /f]zg ;fksf]6f, /f;;

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन परिणाम आएपछि सो पार्टीको यो संसदीय दलको पहिलो बैठक बसेको हो ।
बैठकमा संसदीय दलको बिधान पास गर्ने र संसदीय दलको नेता छान्न प्रक्रिया सुरु गर्ने बारे छलफल भइरहेको छ ।

अहिले संसदीय दलको नेता चयन नभएकोले पार्टी सभापति, सांसद र उमेरले जेष्ठ समेत रहेका शेर बहादुर देउबाले बैठकको सभापतित्व गरेका छन् ।
कांग्रेसको संसदीय दलमा प्रतिनिधि सभामा निर्वाचित ६३ जना र राष्ट्रिय सभामा निर्वाचित १३ जना गरि कुल ७६ जना सांसद छन् ।

यस अघि एक सदनात्मक व्यवस्था रहेकाले त्यसै अनुसारको बिधान कांग्रेसको थियो । अहिले प्रतिनिधि सभा र राष्ट्रिय सभा गरि दुइ सदनात्मक व्यवस्था भएको हुदा राष्ट्रिय सभा संसदीय दलको नया बिधान बनाउन र प्रतिनिधि सभाको विधानमा केहि संसोधन गर्न बैठक बसेको हो ।
यसका साथै संघिय संसद्को दुवै सदनका संसदीय दलको नेता चयन गर्न आजको बैठकले मिति तोकी निर्वाचनको प्रक्रिया थाल्ने छ ।
अहिले सम्म सांसदहरुको सपथ ग्रहण नभएकोले संसदीय दलको निर्वाचनको तयारी आन्तरिक रुपमा मात्र हुने छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति सहित महामन्त्री शशांक कोइराला र पुर्व महामन्त्री प्रकाशमान सिंहले दाबी गर्दै आएका छन् ।
नेपाली कांग्रेस संघिय संसद्को दुवै सदनमा प्रमुख प्रतिपक्षी दल हो ।