परदेशबाट मातृभूमिलाई सम्झिए गायक पराजुलीले (भिडियो)

लन्डन । लन्डन बस्ने उदयीमान गाय​क सुज​न प​राजुली, नेपालका चर्चित लोक दोहोरी गायक गायिका कृष्ण देवकोटा र देवी घर्तीमगरले संयुक्त​ रुपमा ‘माया मारयो परदेशीले’ बोलको न​यां लोक दोहोरी गीत ब​जारमा ल्याएका छन् ।

गीतले परदेशिएपछिको वास्तविक अवस्था चित्रण गरेको छ । वाध्यताले परदेशीनु परेपनि आफ्नो मन मस्तिष्कमा मातृभूमि नै रहेको झल्काउने गीतमा माया नमारेको बुझिदिन आग्रह गरिएको छ । चौतारी र गाउं बेसीले प्रवासी नेपालीलाई खोजिरहेको भाव पनि गीतमा समावेश छ ।

कृष्ण देवकोटाको रचना र संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा महेन्द्र गौतम र रिचा थापाले अभिनय गरेका छन् भने भिडियो निर्देशन दिलिप रेग्मीको छ ।

भिडियो हेर्नुहोस्