लण्डनमा खुमबहादुर खड्काको श्रद्धाञ्जलीसभा

लण्डन । गतसाता निधन भएका नेपाली कांग्रेसका एक प्रभावशाली नेता डा खुमबहादरु खड्काप्रति बेलायतका कांग्रेसजनले पनि श्रद्धाञ्जली अर्पण गरेका छन् ।

जनसम्पर्क समिति बेलायतको आयोजनामा शनिबार लण्डनको फेल्थाममा एक श्रद्धाञ्जलीसभा गरिएको हो ।

समिति अध्यक्ष युवराज गुरुंगको सभापतित्वमा सम्पन्न कार्यक्रममा बेलायतस्थित कांग्रेसनिकटस्थहरुका साथै एनआरएन, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
सहभागीहरुले स्वर्गीय खड्काको तस्बिरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

त्यसअवसरमा समितिका अध्यक्ष गुरुंग, प्रमुख अतिथी तथा एनआरएन यूके उपाध्यक्ष शेर सुनार लगायतका वक्ताहरुले नेपालको प्रजातान्त्रिक आन्दोलनमा खड्काको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा समितिका पूर्व अध्यक्ष लोक गुरुंग, एनआरएन केन्द्रका समाचार संयोजक तथा पत्रकार चिरन शर्मा, डा नोर्बु शेर्पा, सुर्य नेम्बांग, गोपाल गुरुंग, इन्द्रमान लिम्बु, सुजित श्रेष्ठ, डा मनि रानाभाट लगायतको उपस्थिति थियो ।

सुर्य तामांगले सञ्चालन गरेको कार्यक्रममा समितिका महामन्त्री प्रवेश केसीले स्वागत मन्तव्य तथा खुशी लिम्बूले धन्यवाद मन्तव्य राखेका थिए ।