लण्डन । बिगत वर्षका तिजमा जस्तै यस वर्षको तिजमा पनि गायिका देवीका केसीले तिज पर्वलाई मध्य नजर राखेर ‘मुटुमा ७ रेक्टरस्केलको भुईचाँलो, तिज गित सार्बजनिक भए लगतै तिज धमाका लिएर चर्चित गायिका केसी लण्डन आउने भएकी हुन् ।
गायिका केसीले साडी किन्देउ भन्दा गायक सन्दिप न्यौपानेको मुटुमा ७ रेक्टरस्केलको भुईचाँलो गएको अनुभूति भएको छ । सामाजिक वास्तविकता समेत पाईने यो गीत तिलक वलीको भाका सृजना र टुरिष्ट जंग विकको शब्द सृजनामा तयार भएको हो ।
देवीका केसीको नामवाट बजारमा आएको यो गीतलाई अम्बिका म्यूजिकले बजारमा ल्याएको छ । रुपा खनाल र सन्दिप न्यौपानेको नृत्य रहेको गीतको भिडियो निर्देशन शंकर विसीले गरेका हुन् ।






