एनआरएनको विज्ञ सम्मेलन अक्टोवर १२ १३ तारिखमा हुने

लन्डन । एनआरएनको विज्ञ सम्मेलन अक्टोवर १२ १३ तारिखमा हुने भएको छ । सम्मेलनको लागि गैर आवासीय नेपाली संघले आयोजना गर्न लागेको विधानसभा तथा बौद्धिक सम्मेलनको तयारी तीब्र पारेको छ । उसले सम्मेलनको तयारीस्वस्प विभिन्न क्षेत्रमा क्षेत्रीय तयारी सम्मेलनसमेत आयोजना गर्ने भएको छ । गैर आवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा २ दिने विज्ञ सम्मेलन तय भइसकेको छ ।

विधानसभा तथा बौद्धिक सम्मेलनको तयारीका लागि अमेरिकामा जुन, युरोपको लग्जेम्वर्ग जुलाई, एशियाको थाईल्याण्ड लगायतका अन्य क्षेत्रहरुमा तयारी सम्मेलनहरु आयोजना हुने एनआरएन उपाध्यक्ष कुमार पन्तले बताए ।