काठमाडौं– एमाले माओवादी पार्टी एकीकरणको गृहकार्य अन्तिम अवस्थामा पुगेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्केलगत्तै बाँकी रहेका केही प्राविधिक विषयमा सहमति जुटाएर आगामी बैशाख ९ गते पार्टी एकताको घोषणा गर्न दुवै दल सहमत भैसकेका छन् ।
त्यसका लागि प्रधानमन्त्री ओली दिल्ली जाने अघिल्लो दिन बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुवै दलले आ–आफ्ना नेता कार्यकर्तालाई घोषणा सभा भव्य बनाउन कार्यकर्तालाई निर्देशन जारी गर्ने निर्णय गरिसकेका छन् ।
पार्टी एकता भएपछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले अरु पार्टीप्रति कस्तो दृष्टिकोण बनाउला ? या नेपाल कम्युनिष्ट पार्टीको नजरमा काँग्रेस लगायतका पार्टीलाई कसरी विश्लेषण गर्ला भन्ने आमचासो छ ।
‘एमाले नेता माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको राजनीतिक प्रतिवेदन एकता संयोजन समितिलाई जिम्मा लगाइसकेको छ’ कार्यदलमा रहेका एक सदस्यका अुनुसार उक्त प्रतिवेदनमा मुलुकका सवै पार्टीहरुप्रति विश्लेषण गरिएको छ । कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाईसकेको छ ।
एकीकृत पार्टीको नजरमा काँग्रेस
प्रतिवेदनमा काँग्रेसलाई हेर्ने दृष्टिकोणबारे १८ पेजमा उल्लेख गरिएको छ ।
जसमा काँग्रेस पार्टी पुँजिपति बर्गको प्रतिनिधित्व गर्ने पार्टी भएको चित्रण गरिएको छ । त्यस्तै एकीकृत पार्टीले काँग्रेसलाई ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको पार्टीका रुपमा लिनुपर्ने उल्लेख गरेको कार्यदलका एक सदस्यले बताए ।
उनका अनुसार ढुलमुले, सम्झौतपरस्त र दलाल प्रवृतिकै कारण काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक क्रान्तिले पुर्णता पाउन नसकेको निश्कर्ष निकालिएको छ ।
‘नेपालको दलाल तथा नोकरशाही पुँजिपति बर्गको मुख्य हिस्साको प्रतिनिधित्व नेपाली काँग्रेसले नै गरेको छ । त्यसैले अन्तराष्ट्रिय एकाधिकार पुँजिबादसँग यसको घनिष्ट एवं अन्योयाश्रित सम्बन्ध छ । यसको नवउदारवादी आर्थिक नीतिको अन्धानुकरणलाई यसै परिप्रेक्षमा बुझ्नुपर्छ’ प्रतिवेदनमा छ ।
एकीकृत पार्टीले काँग्रेसको यहि बर्गचरित्रमा आधारित नवउदारवादी नीतिकै कारण उसले लगाउने गरेको प्रजातान्त्रिक सामाजवादको नारा औपचारिकता र ढोंगमा परिणत भएको ठहर गर्नेछ ।
यसैगरी काँग्रेस राष्ट्रिय स्वाधिनता र हितका सन्दर्भमा दृढतपुर्व उभिन नसक्ने पार्टीका रुपमा चित्रित गरेको छ । काँग्रेसले सरकारको नेतृत्व गर्दा कैयौ पटक राष्ट्रिय हित विपरित सन्धिसम्झौता गरेको, आत्मसर्मपणबादी नीतिको पक्षपात गरेको, २००७ सालको दिल्ली सम्झौतादेखि २०७२ सालको नाकावन्दी त्यसका उदाहरणका रुपमा लिनुपर्ने एकीकृत पार्टीको प्रतिवेदनमा छ ।
त्यस्तै, काँग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी भएपनि लोकतन्त्रका मुल्यमान्यता अनुसरण गर्न नसकेको तथा भ्रष्टचारी र भ्रष्टहरुको संरक्षक बनेको एकीकृत पार्टीको निश्कर्ष छ । तर, काँग्रेससँगको सहकार्यमा भने एकीकृत पार्टी तयार रहने संकेत गरेको छ ।
विगतमा हामीले सामन्तबादविरुद्धका आन्दोलनमा पठटकपटक सहकार्य गरेका हौ, भविश्यमा पनि संविधान कार्यान्वयन, राष्ट्रियताको रक्षा सम्बृद्धिको सवालमा उ तयार भएसम्म सहकार्यको नीति लिइने तर बैचारिक र राजनीतिक रुपमा कम्युनिष्ट अन्दोलन र सर्वहारा वर्गले प्रतिस्पर्धा गनपर्ने मुख्य शक्ति नै काँग्रेस नै हुने उल्लेख छ ।
फोरम र राजपाप्रतिको धारणा
तराई मधेसमा दुई पार्टी संघीय समाजवादी फोरम र राजपा नेपाललाई तराइ मधेसका पार्टीका रुपमा लिएको छ । दुवै पार्टीको नीति समान भएपनि केही भिन्नता रहेको एकीकृत पार्टीले विश्लेषण गरेको छ ।
एकीकृत पार्टीले संघीयसमाजवादी फोरमलाई राजपा भन्दा अलि बढि राष्ट्रबादी ठानेको छ । ‘कतिपय बेला ढलमुल देखिएपनि संघीय समाजवादी फोरम राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको पक्षमा तुलनात्मक रुपमा सही ढंगले उभिने गरेको छ’ कार्यदलको प्रतिवेदनमा छ ।
जातिय, भाषिक र संघीयताको विषयमा फोरमको सोच र नीतिमा केही संर्किणता र अतिवाद प्रकट हुने गरेको र त्यस्ता प्रवृतिको आलोचना गर्दै उसँग सहकार्य गर्न सकिने निश्कर्ष निकालिएको छ । तर, राजपा नेपालले जातीय, भाषिक र संघीयताका विषयमा अतिवादको पक्षपोशष गरेको उसको ठहर छ । त्यस्तै राजपाले तराई–मधेसका बचेखुचेका सामान्त र दलाल पुँिजपति बर्गको एउटा हिस्साको प्रतिनिधित्व गरेको जनाइएको छ ।
‘यसले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अस्वीकार गर्दै तराई मधेसलाई छुट्टै देश बनाउने घोषणा गरेकाले गम्भिरतापुर्वक लिएर यो प्रवृतिलाई कुनै हालतमा छुट दिन नहुने निश्कर्ष निकालेको छ । जसलाई एकीकृत पाटीको राजनीतिक प्रतिवेदनले पृथकताबादी प्रवृति भनेको छ । तर सम्भव भएसम्म यी दुवै पाटीसँग एकता र सहकार्यको नीति लिन सकिने उल्लेख छ ।
तीनवटै राप्रपा सामन्तवादी अवशेष
प्रतिवेदनले पुर्व पञ्चहरु सम्मिलित तीनवटै पाटीलाई मुलत सामन्तबादी अवशेषको भनेको छ । यी तीनै पार्टीले हिन्दु राज्यको नाममा धर्मलाई राजनीतिको अस्त्र बनाउन खोजेको उल्लेख छ । जसका कारण हालै भएको निर्वाचनमा यी तिनै पार्टीलाई जनताले तिरस्कृत गरेको निश्कर्ष निकालिएको छ ।
अन्य बामपन्थी शक्ति कस्ता ?
एकीकृत पार्टीले नेकपा मसाल, नेमकिपा, मोहन बैद्य र अन्य कम्युनिष्ट पार्टीहरु तथा बामपन्थी समुहहरु राजनीतिमा क्रियाशिल रहेको जनाएको छ । तर, उनीहरु जडसुत्रीय, संकीर्ण, आत्मकेन्द्रीत चिन्तन भएकाले उनीहरुको व्यवहारको आलोचन गर्दै उनीहरुलाई एकतामा सामेल गर्न जोड दिइएको छ ।
‘उनीहरुसँग राष्ट्रियता, लोकतन्त्र, सम्बृद्धि र समाजववादका विषयमा कार्यगत एकता र सहकार्य गर्ने पहल गर्नुपर्छ तर सैद्धान्तिक र बैचारिक संघर्षको नीति हुनेछ’ भनिएको छ ।
नेत्रविक्रम चन्दबारे
नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई उग्रवामपन्थी भनिएको छ । उसले नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तनर्ला सस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै शसस्त्र आन्दोलनलाई तत्कालिन कार्यसुचि बनाएको ठहर गरेको छ ।
विप्लवको उक्त नीति आजको आवाश्यक्ता नभएको भन्दै यसले परिवर्तनलाई कमजोर पर्ने भएकाले राजनीतिको मुलधारमा ल्याउने प्रयत्न गर्नूपर्नेमा जोड दिइएको छ ।
आफ्नै निश्कर्ष चाँही कस्तो ?
अरु पार्टीको राजनीतिक विश्लेषण गरेको एकीकृत पार्टीले आफ्नै विश्लेषणचाहि कसरी गरेको छ त ?
नेपाल कम्युनिष्ट पार्टी
‘नेपाल कम्युनिष्ट पार्टी सर्वहारा श्रमजीवी बर्गको राजनीतिक प्रतिनिधि हो । यसले बर्गीय तथा सामाजिक उत्पीडनमा परेका सवै उत्पीडित समुदाय, देशभक्त, र आमजनसमुदायको हितको समेत प्रतिनिधित्व गर्छ । त्यस्तै यसले राष्ट्रिय पुँजीबाद र राष्ट्रिय पुँजीपति वर्गको हितको पनि रक्षा गर्छ ।’
यो पार्टी सामन्तबाद विरोधी पुँजीबादी जनवादी क्रान्तिको मुल नेता भएको उल्लेख छ । माक्र्सवाद लेनिनवाद पथ प्रदशक सिद्धान्त मानिएको छ । ‘समाजवाद रणनीतिक लक्ष्य हो ,सर्वहारा श्रमजीवी बर्गको नेतृत्वमा सम्पुर्ण वर्गलाई गोलबद्ध गरी शान्तिपुर्ण प्रतिश्पर्धाको माध्यमबाट समाजवादको निनर्माण गर्नु यसको आम राजनीतिक कायृदिशा हो । संविधानको कार्यन्वयन, एवं परिमार्जन, शान्तिपुर्ण प्रतिश्पर्धाबाट सरकार निर्माण, राष्ट्रिय स्वाधिनताको रक्षा, सामाजिक न्यायसहितको सम्बृद्धि, राष्ट्रिय एकता तथा सामाजिक सद्भाव र समाजवादको आधार निर्माण पार्टीको मुख्य कार्यभार र विशिष्ट राजनीतिक कार्यदिशा हो ।’






