अमेरिकी युवतीको काठमाडौंमा आत्महत्या प्रयास

seusiteकाठमाडौं- अमेरिकी युवतीले काठमाडौंमा आत्महत्या प्रयास गरेकी छन् ।

काठमाडौंको ठमेलमा आत्महत्या गर्न लागेकी ती २४ वर्षीषा अमेरिकी युवतीलाई सोह्रखुट्टे प्रहरीले उद्धार गरेको छ । ठमेलको तारा होटलको पाचौँ तल्लामाबाट हाम फाल्न लागेकी क्रिष्टिअनसेन नोकोललाई उद्धार गरिएको डिएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

बिहान पौने ७ बने होटल सञ्चालकले फोन गरेपछि डिएसपी राठौर युवतीको उद्धार गर्न आफैँ गएका थिए ।