तमुधि लण्डन इकाईको अध्यक्षमा विष्णु गुरुङ निर्वाचित,यस्तो बन्यो नयाँ कार्यसमिति (नामावलीसहित)

शिब भण्डारी

लण्डन । बेलायत स्थित नेपाली हरुको परोपकारी सस्थाका रुपमा परिचित तमुधि लण्डन इकाईको नयाँ कार्यसमितिले कार्यभार सम्हालेको छ।इकाईको  नयाँ कार्यसमितिले  (२०२१ जनाबरी २ तारिक शनिबार ) देखि कार्यभार सम्हालेको हो ।शनिबार भएको इकाईको अधिवेशनले सर्वसम्मत बाट ३ वर्षे कार्यकालका लागि कार्यसमिति चयन समेत गरेको हो ।

इकाईको अध्यक्षमा विष्णु गुरुङ निर्विरोध निर्वाचित भएका छन् । बर्न्टओक नेपाली समाजका अध्यक्ष समेत रहेका तमुधि लण्डन इकाईका नवनिर्वाचित अध्यक्ष विष्णु गुरुङ बेलायत स्थित विभिन्न‍ सामाजिक संघ संस्थामा आबद्ध छन् ।

इकाईको सम्पूर्ण पदाधिकारी सर्वसम्मत सहमति भएको छ । जसअनुसार उपाध्यक्षका लागि वर्तमान महासचिव भरत गुरुङ, ललितमान गुरुङ,बेन कुमार गुरुङ,अन्तर सस्था सम्बन्ध संयोजकमा श्रीमती दिलमाया गुरुङ,महासचिवमा विकाश रक गुरुङ, कोषाध्यक्षमा नन्द गुरुङ, सहकोषाध्यक्ष प्रेमराज गुरुङ चयन भएका छन् ।

त्येस्तै मिडिया सेक्रेटरीमा सुशील गुरुङ सास्कृतिक सचिबमा कुमार गुरुङ,सम्पत्ति सचिवमा जगत गुरुङ, खाना तथा विभेरेज समितिमा नारायण गुरुङ र प्रकाश गुरुङ, सम्पति, डेकोरेशन समिति दशरथ गुरुङले जिम्मेवारी पाएका छन् ।

येसै गरि आमा समूहको अध्यक्षमा कमला गुरुङ चयन भएकी छिन् । जसको उपाध्यक्षमा देवकला गुरुङ, विनु गुरुङ, महासचिवमा गुना गुरुङ, कोषाध्यक्षमा गुड्डु गुरुङ, कार्यक्रम संयोजकमा हेलिशा गुरुङ, स्वास्थ्य तथा सुरक्षा सचिबमा समिक्षा गुरुङ, कार्यक्रम सञ्चालक सन्जु घले, सहसञ्चालक सजिना गुरुङ तथा सास्कृतिक सचिवमा कुमार गुरुङ र सहायक संस्कृति सचिव मिना गुरुङ चयन भएका छन् ।त्यस्तै संस्थाको युवा संयोजकमा अभियान गुरुङ, सहसंयोजकमा पुकार गुरुङ, र सदस्यहरुमा जेनिका गुरुङ, अनुपमा गुरुङले जिम्मेवारी पाएका छन् ।

संस्थाका बरिष्ठ सल्लाहकार क्याप्टेन प्रेम गुरुङको अध्यक्षतामा ट्रस्टिज तथा निवर्तमान अध्यक्ष दिपक गुरुङ, ट्रस्टिज नारायण गुरुङ, आमा समूहकी निवर्तमान अध्यक्ष हुम कुमारी गुरुङ तथा सल्लाहकार कमला गुरुङ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । उक्त निर्वाचन समितिले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो ।

२००७ सालमा स्थापना भएको तमुधि लण्डन इकाईले तमुधि युकेका सबै ईकाइहरूसंग घनिष्ट सम्बन्ध राख्दै सहकार्य गर्दै आइरहेको छ । हरेक तमुहरु र नेपाली दाजुभाइ दिदिबहिनीहरुको साझा संस्थाको रूपमा स्थापित एक प्रतिष्ठित संस्था बन्ने अभियानमा संस्था परिवार लागि परेको निवर्तमान महासचिव भरत गुरुङले जानकारी दिए ।

यसअघि इकाईको अध्यक्षमा चन्द्रबहादुर गुरुङ, आमा समुहको अध्यक्षमा दिलमाया गुरुङले नेतृत्व गर्दै आइरहेका थिए । अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष गुरुङले तमुधि लण्डन इकाईलाई अझै नमुना नेपाली समुदायको रुपमा अघि बढाउने बताए ।

लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै गुरुङले भने, आगामी दिनमा तमुधिका सबै इकाईसंग सहकार्य गर्दै अघि बढ्ने मेरो लक्ष्य छ, लण्डनकै नमुना संस्थाको रुपमा बिकास गर्ने अभियानमा हामी सधै कटिबद्ध रहनेछौँ । ’

इकाईको कार्यक्रम उद्घाटन सत्रमा एनआरएन यूके अध्यक्ष पुनम गुरुङ तथा तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ,तमुधिं यूकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङ लगायतले शुभकामना मन्तव्य सहित नयाँ कार्यसमिति लाई बधाई ज्ञापन गरेका थिए।

नब निर्बाचित उपाध्यक्ष भरत गुरुङले समाजसेवाको काम अझै प्रभावकारी बनाउने र आपतविपदमा परेका नेपालीहरुलाई हातमा हात मिलाई उत्थान गर्ने प्रतिबद्धता गरे ।यसैबीच संस्थाका पूर्वध्यक्ष तथा निर्वाचन आयोगका सदस्य डेविड गुरुङले तमुधि इकाईले हालसम्म नेपाली समुदायको मनमुटमा बस्ने गरी धेरै कामहरु गर्न सफल भएको भन्दै आगामी दिनमा यसैगरी अघि बढ्न सुझाव सहित सुभकामना दिए ।

तमु धि लण्डन इकाईले हरेक बर्षहरुमा जस्तै यस् बर्ष पनि समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउनु हुने क्या. प्रेमबहादुर गुरुङ र स्वर्गीय चेत प्रसाद गुरुङलाई पर्सनलिटी अवर्डबाट सम्मान गरिएको छ ।