गुल्मीको रिडीमा माघेसंक्रान्ती मेला शुरु

गुल्मी, १ माघ । आज माघे सक्राँन्ती । गुल्मीको रिडी क्षेत्रमा आजदेखि माघेसंक्रान्ती मेला शुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगम स्थल रिडी स्थीत काली गण्डकिमा स्नान गर्न आउने श्रद्धालुहरुको दिनभर घुँईचो लाग्ने गर्दछ । गुल्मी, पाल्पा र स्याब्जा जिल्लाको संगम स्थल रिडी धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल वाहिर पनि उत्तिकै वर्णन गरिन्छ । 47613925[1]

माघे संक्रान्तिको अवशरमा काली गण्डकिमा स्नान गरि र रिषीकेष मन्दिरमा पुजा आराधना गरि दर्शन गर्न गुल्मी लगायत पाल्पा, स्याब्जा, अर्घाखाँची, प्यूठान, वाग्लुङ्ग, रुपन्देही लगायतका जिल्लाहरुवाट हजारौं श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । माघे संक्रान्तिको दिन काली गण्डकिमा स्नान गरेर रुरुकन्याको दर्शन गरेमा मानिसहरुले आफुले अन्जानका गरेका सम्पूर्ण पापवाट मोक्ष प्राप्त हुन्छ भन्ने मान्यता रहि आएको छ ।

काली गण्डकिमा स्नान गर्नाले देव रिण, पितृ ॠण तथा ॠषि ॠण तिरीने धार्मिक विश्वास पनि छ । माघे संक्रान्तिदेखि पाँच दिनसम्म रिडीमा ठूलो मेला लाग्दै छ । मेलालाई लक्षीत गरेर स्थानीय रुरु फ्रेण्ड्स क्लवले रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरु सहित विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्न लागेको छ । सोही अवशरमा उक्त क्षेत्रमा श्रीमद् भागवत महापुराण समेत संचालन हुँदै छ।गुल्मी न्युज डट कम