लण्डन । लण्डनको पशुपतिनाथ मन्दिरमा १ हजार बढी भक्तजनले जनैपूर्णिमा पर्वका अवसरमा पूजा आरधना गरि जनैपूर्णिमा तथा रक्षावन्धन मनाएका छन् ।
मन्दिरका पन्डितहरु निलहरि घिमिरे, विनोद पन्थी,आनन्द लोहनी लगायतले उपस्थित भक्तजनलाई रक्षावन्धन गरी आसिर्बाद प्रदान गरेको लण्डन नेपाल न्यूजका लागि मन्दिर परिसर पुगेर लाईभ प्रशारण गरेका प्रकाश कंडेलले बताए।
जनैपूर्णिमा पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको मन्दिर ब्याबस्थापन समितिका अध्यक्ष गोपाल अर्यालले लण्डन नेपाल न्यूजलाई बताए । 








































