लण्डन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रवास स्थित भातृसंस्था प्रवासी नेपाली एकता समाजको अध्यक्षमा रोशन सापकोटा चयन भएका छन् ।
अगष्ट २७ आईतबार राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय सदस्य एस. के श्रेष्ठको उपस्थितिमा बेलायतमा सम्पन्न एक भेलाले सापकोटाको अध्यक्षतामा समाजको पुर्नगठन गरेको हो ।
गठित समितिको उपाध्यक्षहरुमा सोनाम शेर्पा, शर्मिली लामा, महासचिवमा रमेश शाही ठकुरी, सचिवमा गिता गिरी, संगठन विभागमा डेबिट थापा र भुषाल कार्की तथा प्राविधिक तर्फ राकेश शाह चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा राम प्रवेश यादव, मिठूलाल बि.क, सुरेन्द्र बम, शैलेस श्रेष्ठ, दिपक खड्का, कुमार गुरुङ र सुरेश श्रेष्ठ रहेका छन्् ।
समाजको सल्लाहकारमा राप्रपाका केन्द्रीय सदस्य एस.के. श्रेष्ठ, बरिष्ठ गायिका मिरा राणा, नन्द कुमारी गुरुङ र प्रेम बहादुर गुरुङ लगायत रहेका छन् ।






