नारी निकुञ्ज तास्मानियाले सामुहिक पुजाआजा सहित तीज कार्यक्रम गर्दै

सिड्नी । एनआरएनए अस्ट्रेलिया अन्तर्गत नारी निकुञ्ज तास्मानियाले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ । निकुञ्जले विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि दिदी बहिनीहरु एकआपसमा जमघट भई पुजाआजा नाचगान सहित तीज पर्व मनाउन लागेको बताईएको छ ।

हरितालिका तीजको दिन १८ सेप्टेम्बरमा क्लेरेमाउण्टमा निकुञ्जले तीज मनाऔँ सबैका बीच कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा तीजको ब्रत बसेका नेपाली दिदी बहिनीहरुको उपस्थितिमा सामुहिक पुजाआजा गर्ने, नाचगान सहित रमाईलो गर्ने र खानपान गर्ने कार्यक्रम रहेको नारी निकुञ्ज अस्ट्रेलिया तास्मानिया संयोजक आर्जु रिजाल रजकले जानकारी दिईन् ।

सबै नेपाली दिदी बहिनीहरुको एकआपसमा जमघट भई सुख दुख साटासाट गर्ने र तीज पर्व मनाउने मुख्य उद्धेश्य रहेको उनको भनाई छ । कार्यक्रम प्रवेश निःशुल्क रहेको छ । कार्यक्रममा फोटोग्राफी, डिजेको प्रस्तुती लगायतका अन्य कार्यक्रम रहने नारी निकुञ्ज तास्मानिया उप संयोजक करुना आधिकारीले जनाइन । कार्यक्रमलाई विभिन्न सघंसंस्थाले प्रायोजन गरेका छन् । कार्यक्रममा उपस्थित भई रमाईलो गर्न आयोजकले सबैसंग अनुरोध समेत गरेको छ ।