स्थापना दिवसमा झापाली समाज अष्ट्रेलियाद्वारा रक्तदान

तक्दीर अधिकारी
सिड्नी । झापाली समाज अष्ट्रेलियाले आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना गर्यो । सन् २०१३ फेब्रुअरी ९ मा स्थापना भएको झापाली समाज अष्ट्रेलियाको सातौं स्थापना दिवसको उपलक्ष्यमामा फेब्रुअरी ७,८ र ९ मा रक्तदान कार्यक्रम भव्यताको साथ सिडनीमा सम्पन्न ग-र्यो ।

बहुमुल्य समय दिएर यस कार्यक्रम सफल बनाउन समाजले रेडक्रसको रक्तदान केन्द्र टाउनहलमा बुकिंग गरेको थियो । रक्तदान गर्न रेड्क्रसले समाजलाई छ्ट्याएको स्थानभन्दा बढी संख्यामा उपस्थिति भएकोले केही दाताहरूले अर्को हप्ता दिने गरी ब्यवस्था मिलाइएको सजमाले जनाएको छ ।

रक्तदान कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष अशोक ओलीले गरेका थिए । हालै अष्ट्रेलियामा गएको भिषण डढेलोको कारणले रगतको अभाव भएको अवस्थामा झापाली समाजले गरेको यो कार्यको बिभिन्न व्यक्तिले प्रशंसा गरेका थिए।

कार्यक्रममा अन्तराष्ट्रिय झापाली समाजका संरक्षक दिनेश पोखरेल, सल्लाहकार रुपराज मैनाली, उपाध्यक्ष दिपक चुडाल, झापाली समाज अष्ट्रेलियाका अध्यक्ष उमेश पोखरेल, उपाध्यक्ष अशोक ओली, सचिव अशोक उप्रेती, सहसचिव मदन धौराली, कोषाध्यक्ष नविन थपलिया, सदस्यहरु तिर्थ खतिवडा, राजकुमार गोश्वामी, अमित श्रेष्ठ, प्रज्ञान श्रेष्ठ, अरूण बिमली, कुशल सिटौला, बिवेक पोखरेल, पायल तुलाधरलगायतको उपस्थिति थियो।

ब्यस्तताको बावजुत रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गर्नु हुने र यो कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्णलाई समाजका अध्यक्ष उमेश पोखरेलले आभार ब्यक्त गरे। स्थापना कालदेखि नै निरन्तर रूपमा झापाली समाज अष्ट्रेलियाले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गरी स्थापना दिवस मनाउदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *