कोरोनाका कारण पोर्चुगलमा नेपाली महिलाको मृत्यु

लिस्बन । पोर्चुगलमा कोरोनाको कारण थप एक नेपालीको ज्यान गएको छ। योसंगै कोरोनाको कारण पोर्चुगलमा ज्यान गुमाउने नेपालीको संख्या ३ पुगेको छ ।

करिब ४५ बर्षीय बर्ष उमेर समूहकी एक महिलाको कोरोनाको कारण निधन भएको हो । उनि एक बर्ष अगाडी मात्रै पोर्चुगल आएकी थिइन्। कोरोना संक्रमणपछि कोइम्ब्रा अस्पतालमा उपचारका क्रममा उनको ज्यान गएको हो।

ब्लड क्यान्सरले एक बर्षीय बालकको मृत्यु

यसैगरी शुक्रबार मात्रै उपचारकै क्रममा एक बर्षिय बालकको लिस्बनमा मृत्यु भएको छ। उनको ब्लड क्यान्सरका कारण उपचारकै क्रममा निधन भएको थियो ।

यहि साता मात्रै तनहुँ स्थाई घर भएका एक २७ बर्षिय नेपालीको कोरोनाकै कारण उपचारका क्रममा मृत्यु भएको थियो ।

एक साताभित्रै तिन जना नेपाली गुमाउदा पोर्चुगलको नेपाली समुदाय शोकमा डुबेको छ।