भिसा कान्डमा एनआरएन अमेरिकाका १७ एनसिसी सदस्यले भने : पत्रको विषयमा हामीलाई जानकारी छैन

लन्डन । अमेरिकामा एनसिसीमा पछिल्लो समय विवाद चर्किदो छ । विभिन्न कान्डमा अध्यक्ष डा. केशव पौडेल तानिदै आएका छन । त्यस्तै गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाका अध्यक्ष डा केशब पौडेलले एक पत्रकारलाई भिषाका लागि पत्र पठाएको विषयले यतिखेर हंगामा भएको छ ।

सो पत्रको विषयले हंगामा भएपछि एनसिसी सदस्यहरुले आफूहरुको संलग्नता नभएको भन्दै एक प्रेस बिज्ञप्ति जारी गर्दे आपत्ति जनाएका हुन । सामाजिक सञ्जालमा अध्यक्ष पौडेलले एक पत्रकारलाई भिसाका लागि पठाएको पत्रको विषयमा कुनै जानकारी नभएको र कुनै निर्णय नभएको भन्दै १७ एनसिसी सदस्यले आपत्ति जनाएका हुन ।

उनीहरुले भनेका छन, केही दिन देखी बिभिन्न सामाजिक संन्जाल तथा मिडिया मार्फ़त तत्कालीन कार्यसमितीका नाउमा नवौं क्षेत्रीय सम्मेलन न्यूजर्सिको निमन्त्रणा सम्बन्धि पत्रलाई लिएर सम्प्रेषित सुचना प्रती हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । उक्त निमन्त्रणा पत्रकों बारेमा हामी तत्कालीन पदाधिकारी तथा बोर्ड अफ डायरेक्टरको हैसियतमा जानकारी नभएको र सो समयमा कुनै पनि बोर्ड बैठकमा यि र यस्ता पत्रको बिषयमा छलफल नभएको र उक्त पत्र सम्बन्धी हाम्रो कुनै संलग्नता नरहेको ब्यहोरा सम्पूर्णलाई जानकारी गराउछौ ।

अध्यक्षको सो पत्रको विषयमा आपत्ति जनाउने ( २०१५ २०१७ का कार्यसमिति ) निम्नानुसार छन :

१ कृष्ण पोख्रेल, बरिष्ठ उपाध्यक्ष

२  रबिना थापा, उपाध्यक्ष

३ राम सि पोख्रेल, उपाध्यक्ष

४ डिल्लीराम भट्टराई, उपाध्यक्ष

५ तीलक श्रेष्ठ , माहासचिब

६  शंकर खड्का, सचिब

७बेदराज बस्नेत, कोषाध्यक्ष

८ प्रकाश सापकोटा, सह९कोषाध्यक्ष

९ वर्षा मोक्तान । महिला कोवर्डिनेटर

१०  सर्बज्ञ वाग्ले, मिडिया कोवर्डिनेटर

११ राम प्र खरेल, प्रवक्ता

१२ सुर्य लम्साल, बोर्ड अफ डायरेक्टर

१३ हरिश चन्द्र हमाल , बोर्ड अफ डायरेक्टर

१४ शुसिल रेग्मी , बोर्ड अफ डायरेक्टर

१५सत्येन्द्र शाह , बोर्ड अफ डायरेक्टर

१६ गोबिन्द श्रेष्ठ , बोर्ड अफ डायरेक्टर

१७  मोहन ज्ञवाली , बोर्ड अफ डायरेक्टर