देउवाले भने, ‘म सभापति, रामचन्द्रजी प्रधानमन्त्री’

sherbahadhurकाठमाडौं- कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई पार्टी सभापतिमा सहयोग गरेर कार्यवाहक सभापति रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका छन् ।

‘म पार्टी सभापति र रामचन्द्रजी प्रधानमन्त्रीमा बस्दा पार्टी एकताको सन्देश पनि जान्छ र पार्टी एकढिक्का पनि हुन्छ,’ देउवाले बिहीबार राजधानीमा सञ्चारकर्मीमाझ भने, ‘सहमतिकै लागि रामचन्द्रजीलाई प्रधानमन्त्रीमा सहयोग गर्न म चाहन्छु ।’

पार्टीको १३ औं महाधिवेशन नजिकिदै गर्दा वरिष्ठ नेता देउवाले पहिलोपटक आफ्नो उम्मेदवारीका कारण पनि खुलाए । पार्टीलाई एक बनाउने र अहिलेका राष्ट्रिय मुद्दालाई सम्वोधन गर्ने प्राथमिकताकासाथ आफू सभापति हुन चाहेको देउवाको भनाइ थियो ।