अन्तर्राष्टिय नारीदिवस सम्बोधन गर्न एमाले नेतृ झांक्री लन्डन आउंदै

लन्डन । अनेरास्ववियु केन्द्रिय अध्यक्ष भइसकेकी,नेपालको विद्यार्थी आन्दोलनमा सधैं अग्रपंक्तिमा रहन सफल एमाले नेतृ रामकुमारी झांक्री लन्डन आउने भएकी छिन् । प्रवासी नेपाली मञ्च यूकेले आगामी ७ मार्च २०१५ शनिवार अल्डरसटमा गर्न लागेको १०५ औं अन्तर्राष्टिय नारी दिवस कार्यक्रममा विशेष अतिथीका रुपमा झांक्री आउन लागेको मञ्चका अध्यक्ष रामशरण सिम्खडाले जनाएका छन् । नारी दिवस भएकाले कार्यक्रममा मञ्चले महिला नेतृ नै निमन्त्रणा गरेको हो ।


आगामी साता लन्डन आउन लागेकी झांक्री यहां करिब साता दिन जति रहने अपेक्षा छ । नेत्री झाक्री गुल्मी जिल्ला बासि हुन् !अनेरास्ववियु केन्द्रिय अध्यक्ष भइसकेकी झांक्रीले समसामयिक राजनीतिक परिस्थितिबारे मन्तव्य दिनेछिन् ।

चितवनका चेपांग महिला तथा बालबालिकाको सहयोगार्थ हुन लागेको उक्त कार्यक्रमको संयोजन सुशिला राईले गरिरहेकी छिन् ।