४६ हजार घर एकै रङका बनाइने

One Color City - 002मोरङ- विराटनगर नगर क्षेत्रभित्र सबै घरमा एकैखालको रङ लगाइने भएको छ ।

अबको दुई वर्षभित्रमा ‘कलर जोन’को विकास गर्न विराटनगर उपमहानगरपालिकाले योजनाअघि बढाएपछि विराटनगरका ४६ हजार घर एकै रङका बनाउन लागिएको हो ।

विराटनगर कलरजोन समितिका संयोजक डा सनत बरालले कलर छनोटको काम भइरहेको जानकारी दिनुभयो ।

छनोट गरिएका रङमा सिम्रिक, गुलाबी, खरानीलगायतका रहेका छन् । छनोटमा परेर समितिबाट छानिएका चारवटा कलरलाई फेसबुक तथा वेबसाइटबाट बढी मत ल्याउने रङ नै विराटनगरको लागि उत्कृष्ट रङ हुने विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको भनाइ छ ।

उहाँका अनुसार दुईवर्षे यो कार्यक्रममा सबै नगरवासीको सहभागिता रहने जानकारी दिनुहुँदै रङ खरिदका लागि नगरवासीको लागत रकमको झन्डै ३० प्रतिशत खर्च नगरपालिकाले ब्यहोर्ने छ ।