धनुषा। धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ ।
पूर्वपश्चिम लोकमार्ग अन्तर्गत ढल्केवर चोकमा हिँडेर प्रहरी कार्यालय जाँदै गरेका पराजुलीलाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको ढल्केबरका प्रहरी निरीक्षक रामसागर सिंहले बताए ।
सोमबार राति उनी ढल्केबर चोकमा चेक प्वाइन्टबाट ड्युटी गरी ईलाका प्रहरी कार्यालय जाँदै थिए । ठक्कर दिने गाडीको खोजतलास गर्ने काम भइरहेको प्रहरी निरीक्षक सिंहले बताए ।






