काठमाडौँ- लामो समय देखि कोलोन क्यान्सरबाट ग्रसित वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठकी पत्नीको निधन भएको छ ।
नेपाल क्यान्सर अस्पताल हरिशिद्धिमा विगत ८ वर्ष देखि उपचाररत यशोदा श्रेष्ठको ६७ वर्षको उमेरमा सोमबार १०:४५ बजे राति अस्पतालमै उपचारको क्रममा निधन भएको उनको उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठले बताए ।कलाकार हरिवंश आचार्यका अनुसार श्रेष्ठको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिंदैछ ।
२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनको जन्म भएको थियो । ३५ वर्षअघि २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३-४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।






