भक्तपुर –राष्ट्रिय प्रजातन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।
भक्तपुरमा आयोजित राप्रपाको मध्यमाञ्चल स्तरीय कार्यकर्ता भेलामा पार्टी अध्यक्ष कमल थापाले साक्षी बस्नको लागि मात्रै पार्टी सरकारमा सहभागि नहुने भन्दै सरकारमा आफूरुहको पनि सम्मानजनक सहभागिता हुनुपर्ने बताए । थापाले वर्तमान सरकारमा थप मन्त्री पठाउन पार्टी पर्ख र हेरको अवस्थामा रहेको समेत बताए ।
थापाले भने, ‘नेपाली कांग्रेस र माओवादी केन्द्रको सरकारले निर्णयको साक्षी मात्र बस्न हामी थप मन्त्री पठाउदैनौं ।’ राप्रपासँग कांग्रेस र माओवादी केन्द्रले कस्तो किसिमको सहयोग चाहन्छ त्यही अनुसार पार्टी अघि बढ्ने उनको भनाई छ ।
कार्यक्रममा राप्रपाका केन्द्रीय अध्यक्ष पशुपति शम्शेर राणाले संसदमा संविधान संशोधन विधेयक दर्ता गर्दा आफूहरुसँग कुनै छलफल नभएकाले राप्रपाको केही बुदाँमा असहमति रहेको बताए ।






